मङ्लबार, असार २१, २०७९

अघिकारको पहुँच र राज्यको ब्यवहार फरक किन ?

  गिरिसा उपाध्याय – 

जतात्यतै स्वतन्त्रताको आवाज ,अधिकारको आवाज , पहिचानको आवाजहरु उठीरहेकाछन् । जुन प्राप्तीका लागी बिभिन्न राजनितीक दल , संघसंस्था ,सरकार र नागरिक समाज लगाएतका बिभिन्न क्षेत्रबाट आवाज र बहसहरु उठी रहेकाछन् । पहिचानका लागी र अधिकारकै निम्ती भन्दै कति दिन देशनै ठप्प पार्ने कामभए र अझै भई रहेकाछन् । यहि बिचमा बिभिन्न पहिचान र अघिकारका नाममा उब्जिएको नयाँ शक्ति संघर्ष, राजनितीकदलहरु बिचको बैचारीक द्धोन्द्धका कारण होस् वा स्वार्थ र शक्ति संधर्षमा अल्मलीएको वर्तमान नेपाली राजनिती । राजनितीकदलहरु शक्ति लुछाचुडीमा लागी रहदा उता दुरदुराजका नेपाली जनताले भने औषघीउपचार नपाई अकालमा ज्यान गुमाइरहेकाछन् ।हाल मात्र मुगुमा सुत्केरी ब्यथाले च्यापेका दुई महिलाले जिल्ला अस्पतालमा प्रबिधि नहुदा पाँच दिनसम्म छटपटिनु प¥यो । न त सहज रुपमा यातायात को सुबिधा नै छ न त अस्पतालको पहुँच नै । पिडाले मृत्यु शैयामा छटपटाई रहदा त्यस बेला बाध्यतात्मक बिश्वासगर्ने ठाउँ फेरी उही परम्परागत झारफुक र धामीझार्कीको हातमा पर्छन् । पिडाले आक्रान्त पारेका बेला स्थानिय स्तरमा उपचार सम्भव नभएपछी हवाई मार्ग हुँदै सदरमुकाम धाउनु पर्ने बाध्यता छ । औषघी उपचारका लागी घरखेत घितो राखी सदरमुकाम घाउनु पर्ने समस्या अझै ज्यूका तिउँ छन् । भएको हवाई सेवा पनि प्रतिकुल मौसमका कारण हप्ता दिनसम्म पनि उडान हुन नसकेको खबर हामी सामु ताजै छ । त्यस्तै भएको छ मुगुका ति दुई महिलाका संन्दर्भमा मौसमले पनि साथ नदिएपछि उनीलाई भोलिपल्ट मौसम सफाभएपछि मात्र नेपालगञ्ज स्थीत भेरी अञ्चल अस्पतालमा सल्यक्रिया पछि शिशुको जन्म भयो । र अर्की महिलाको भने मुगुमै शिशु जन्मीयो । यो एउटा प्रतिनिधी घट्नामात्र हो ।यसरी विश्ब विकासको प्रतिस्पर्धामा दौडिरहेका बेला भने ति दुरदराजका आम नेपाली जनताले एउटा सिटामोलको अभाबमा ज्यान गुमानु पर्ने बाध्यता छ । एका तर्फ हामी आधारभूत स्वास्थ सेवाको कमी सँग जुधीरहेका छौ । भने अर्का तर्फ ब्यापारिक प्रतिस्पर्धामा चिकित्सा अध्ययनका नाममा निजि मेडिकल कलेज खोल्ने क्रममा होड बाजीनै चलिरहेकोछ । काठमाण्डौका गल्ली गल्लीमा अस्पताल र रिसर्च सेन्टरहरु खुलेका छन् । हाल एकाध बाहेक नत कसैले कुनै रोगको बारेमा अध्ययन गरेकाछन् न त कसैले काठमाडौ बाहिरका ति उपचार नपाएका जनताका लागी लक्षित गरेर उपचार योजनानै अघि सारेकाछन् । केहि दिन अघि मात्रै पोखराको साराङकनोटमा प्याराग्लाईडिङ्ग गर्ने क्रममा दुर्घटनामा परेकी एक रसियन महिलालाई सिघै हेलिकोप्टर बाट बयोधा अस्पतालमा ल्याईयो अस्पतालकै छतको हेलिप्याडमा बिरामि सहित हेलिकोप्टर अबतरण गराउने बयोधा नेपाकै पहिलो अस्पताल बन्यो । यो खबर सुनेर आम नेपाली जनता जस्ले समयमै उपचार नपाएर ज्यान गुमानु पर्ने समस्या बाट केहि हदसम्म भएपनि राहत पुग्ने आशा गरेकाछन् । यो संगै तत्काल उद्धार गरीएका बिरामीलाई उपचारकालागी जहाज मार्फत बिमानस्थल बिमानस्थल बाट अस्पताल लैजानु पर्ने लामो समय खर्च हुने प्रक्रियालाई यो खबर संगै केहि राहत पुग्ने विशवास गर्ने सकिन्छ

नेपालमा स्वास्थ सेवा क्षेत्रमा पाएको एउटा उपलब्धीनै मान्नुपर्छ । यो खबर संगै नेपाल जस्तो बारम्बार हवाई दुर्घटना देखि डर लाग्दा सडक दुर्घटनामा परेकालाई समयमै उपचार उपल्वध गराउन नसक्दा धेरैले ज्यान गुमाउनु पर्ने समस्यालाई केहि हदसम्म भएपनि राहात मिल्ने छ । त्यस्तै हामिले हालै मात्र प्राप्त गरेको अर्काे ठूलो उपल्बधी हो ओपन हर्ट सर्जरी , मुटु जस्तो सम्बेदनशिल र महङ्गो उपचारपर्ने सर्जरी नेपालमानै उपल्वध हुनु आम नेपाली जनताका लागी खुसीको खबर हो । त्यस्तै केहि महिना अघी धेरै जसो नेपालीले मृगौला प्रत्यारोपणमा छिमेकी मुलुक गई महङ्गो उपचार गराई रहेका आम नेपालीले देशै भित्रै मृगौला प्रत्याराोपण (ट्रान्सप्लान्टसम्मका )काम हुन थालेपछी केही मात्रामा भएपनि राहात पाउने छन् । नेपालमै हालसम्मै स्वास्थ्य गत क्षेत्रमा भएका उपल्बधीलाई हेर्ने हो भन्ने यी हालसम्का जटील मानीएका प्रबिधिगत तथ्यगत उपल्बधी प्राप्त गर्ने क्रममा देशको राजधानि अघि बढी रहेका खुसीकाखबर आम नेपाली जनताले साट्न नपाउँँदै दैनिक अखबारका पानामा उपचार नपाउँदा छ महिनामा चार सुत्केरीको मृत्युको खबर होस वा जन्मदै सात शिसुको मृत्युको खबरले एक पटक फेरी त्यही तितो यथार्थता लाई सम्झन बाध्य पारिदिन्छ । उपचार नपाई मृत्युभएको खबर आम नेपाली जनताको दैनिकि नै भइसकेको छ । यता आपसी खिचा तानीमा ब्यस्त राजनितीक पार्टीहरु भने ति खबर बाट अझै बेखबर जस्तै बनि रहेका छन् । सरुवा , बढुवा, र नियुक्ति का बिषयमा घण्टौ आपसि छलफलमा जुट्ने यी राजनितीक दलले बर्ष भरिमा एक घण्टा पनि यि दुरदराजका जनताको समस्याका बिषयमा छलफल गर्ने र्खचेका छैनन् । यि जनताका कठोर , कस्टकर करुणा दायी बास्तबिक मर्मर र पिडाले नत सरोकारवाला निकाएहरुलाई कुनै असर पारेको देखिन्छ नत सरकालाई नै । बारम्बार दोहरिरहने यि यस्ता घट्ना प्रति राज्यले किन ठोस कदम चालन सकिरहेको छैन ?कि न खबर पाएर पनि बे खबर छ राज्य ? न त ति यस्ता सेवा बिस्तारका लागी कुनै ठोस निर्णय लिननै सकिरहेको छ । नेपालमाा स्थास्य क्षेत्रलाई भनेर नै बिश्व बैंक , युनिस्को , युनिसेफ लगाएतका अन्तराष्ट्रि क्षेत्रबाट उपल्ब्ध हुँदै आएको करोडौं रुपैंया बराबर रकम पनि लक्षित वर्ग र जनता सामु पुग्न सकेको छैन । ग्रामीण भेगका जनताको पहुँचमा नत स्वास्थ्य चौकिनै छ भएका स्थास्थ चौकिमा पनि कर्मचारी र डकटरको दरबन्दीनै छैन भएका ठाउमा पनि डाक्टर छैन , किन मौन छ राज्य यस्ता जटिल समस्या प्रति , किन ठोस निर्णय लिन सक्दैन सरकार ति जनताका लागी । किन प्राथमिकतामा पर्देन ति जनता ? स्थास्थ्य जस्तो सम्बेदन सिल बिषयमा समेत सम्बन्धित निकाएर सरकार मौन बसिरहेकाछन् । त्यो मौनता किन ? मनौता का पछाडी राजनितीक खिचातानीमा देश अल्झीरहेका बेला स्वास्थय , शिक्षा लगायतका मानब जिवन संग लामो समयसम्म प्रत्यक्ष असरपार्ने बिषयमा सरकारको ध्यान जाननसक्नु अर्काे बिडम्बना हो । पश्चिमी भागका पाहाडी ग्रामिण गाउँ जाजरकोट ,बझाङ्ग लगाएतका जिल्लामा झाडा पखाला लागेर सयौं सर्बसाधारणको मृत्यु हुदाँ सरकारले मृत्कको संख्याको तथ्याङ्क संकलन गन्नमै हतार गरिरह्यो । न त सरकारले झाडा पखालाको कारण , त्यसको निवारणको उपाए र अपनाउनुपर्ने साबधानिका बारेमा समयमै सचेतना र निबारणका उपायनै अपनाउन सक्यो । हजारौको संख्यामा स्वास्थ्य सम्बन्धी काम गर्ने संघसंस्थाहरुमा एकाघ बाहेक कुनै संघसंस्था पुगेनन् पिडीत क्षेत्रमा । त्यसको ठिक एक बर्ष पछि फेरी त्यस्तै काहालि लाग्दो समस्या दोहोरीयो एक पटक पटक समस्या उस्तै पर्दा पनि सरोकार वाला निकाएहरुले कुनै पनि समस्या पर्दा कसरी साबधानी अपानाउने भन्ने बारेमा तयारी गर्ने नसक्नु अर्काे दु खद पक्ष हो । किन राज्य पक्षको उपेक्षामा पर्देछन् त्यहाँका जनता ? समस्या उही ,नागरिक उही तर अघिकारको पहुंच र राज्यको ब्याबहार फरक किन ? किन सरकारले आफ्नो उपस्थीतीको आभाष दिन सकिरहेको छैन ति जनता सामु । राज्य र राज्यको दायित्व बोद्य समेत गर्ने नपाएका यि दुरदराजका आम नेपाली जनताको पिडा र कथा प्रति एकासौं सताब्दीको लोकतान्त्रीक भनिएको सरकारका बेखर हुने हो भने उनीहरुले अब कुन शताब्दीको प्रतिक्षा गर्नुे पर्ला स्वास्थ्य , शिक्षा , यातायात र सरकारकाका अघीकार सम्मको पहुँचका लागी ? यस जटिल समस्या तर्फ सरकारले समयमै आफ्ना योजना कार्यान्यन गर्ने र ति जनताको पहुँचमा न्यूनतम आधारभूत आवश्यकताहरु पुर्याउन तर्फ ध्यान दिनु आजको टड्कारो आवश्यकता हो अन्यथा यसको परिणाम कति घातक हुन सक्छ त्यसको हामी कल्पना पनि गर्नसक्दैन ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2013
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728