शनिबार, बैशाख ८, २०८१

सहमतीय सरकार नबन्नुको अर्थ के ?

काठमाडौ. फाल्गुण३,राष्ट्र हाँक्नु सानो कुरा होइन । यसका पछाडि विविध विषयवस्तु लुकेका र छुपेका हुन्छन् । हाम्रो नेपालको परिप्रेक्ष्यमा नेपाली राजनीतिमा नेताहरुको अज्ञानता, पटमूर्खता, स्वार्थ र विवेकहीनताको मूल कारणबाट राज्य संचालनमा विविधखालका समस्याहरु आइरहेका छन् । नेपालको भूराजनीतिको ज्ञान राष्ट्र संचालकहरुलाई छैन ।
आलोपालो सत्ता मोह र परिवर्तन बाहेक राजनेताहरुमा अर्को विकल्प देखिँदैन । राष्ट्रिय राजनीतिक धरातललाई आत्मसात गर्ने विज्ञापन हाम्रा राजनीतिकर्मीमा छैन । अध्ययनको कमी राजनीतिक अज्ञानता, विद्धता र आफैमा प्रखरता छैन । पार्टी फुटाउने सत्ता प्रातितर्फ जनतालाई आन्दोलनमा कुदाउने बाहेकको दृष्टिकोण हाम्रा नेताहरुमा छैन । हरेक पार्टीको आ–आप्mनो विधि विधान, नीति र म्यान्डेट लिएर अगाडि बढेको भए तापनि ती विषयहरु एउटा कागजी रुपमा प्रस्तुत भएका मात्र हुन्छन् ।
समाज सेवा गर्ने नागरिक समाजदेखि हरेक मानवीय कार्यका लागि स्थापित भएका संस्थाहरुले एउटा नाटकीय मञ्च मात्र तयार गर्ने परिस्थिति देखिन्छ । कार्यशैलीमा बाहिरी आवरण र भित्री आवरणमा यिनीहरुको क्रियाकर्म फरक पाइन्छ । अन्त्यमा धनोपार्जन बाहेक केही सेवामुखी कार्यदिशा नअपनाएको वास्तविक यथार्थता हाम्रो सामु लुकेको छैन । हाम्रो देश अति सुन्दर र राम्रो छ । हामीले पर्यटकीय क्षेत्रलाई मात्र आधुनिकतातर्फ लाग्न सकेमा हाम्रा हरेक आर्थिक समस्याहरु समाधान हुन्छन् । हाम्रा नदीनालाबाट बगिरहने पानीको मात्र सदुपयोग गर्न सक्यौं भने मात्र हाम्रो देश समृद्ध बन्न पुग्दछ ।
हाम्रा दुर्लभ वन्यजन्तुहरुको हिफाजत गर्न सक्यौं भने पनि हाम्रो सुन्दरता र अन्तर्राष्ट्रिय पहिचान बेग्लै किसिमको देखाउन सकिन्छ । हाम्रो धरातलमा धर्तीमा रहेका खानीहरुको पहिचान गर्न सक्यौं भने मात्र हामी आर्थिक समृद्धितर्फ उन्मुख हुन्छौं । बाँच्नका लागि पानी जलचर, वन हरियाली वातावरणीय सन्तुलन कायम गर्न हाम्रा वनजंगल सुरक्षित रहनुपर्ने आवश्यकतामाथि सरकारको दृष्टिकोण पुग्न सकेको छैन । वन विनास, वन तस्करीमा पूर्ण रुपमा रोक लगाउन आजको प्राथमिक आवश्यकता भएको छ । राष्ट्र संचालकहरुले बुझ्नु के प¥यो भने हाम्रो देश कृषिप्रधान देशको कृषिमा वैज्ञानिकीकरण गरी कृषि क्रान्तिबाट आर्थिक क्रान्ति ल्याउनु पर्छ र कृषि सम्बन्धी ज्ञान भएका विशेषज्ञहरुबाट यसका बारेमा विकासमुखी निर्णय गरी कार्यान्वयन पक्षमा हामी सचेत भई अगाडि बढ्नु आजको आवश्यकता हो ।
नेपाली जनताले हरेक कालखण्ड हेरेका छन् र भोगेका छन् । विविध पीडा, यातना, दुःख र विविध समस्या झेलेका छन् । राष्ट्र निर्माण र निरंकुशताको विरुद्ध बलिदान दिई सहिद पनि बनेका छन् हाम्रा धर्तीपुत्रहरु । यति हुँदाहुँदै पनि जानी जानी अन्जान बन्छों भने के भन्नु ? विद्वान हुँदाहुँदै मुर्ख बन्दैछौं भने कसले के गर्न सक्छ र ? साँच्चिकै राष्ट्र संचालकहरु मन्त्री, सचिव विभिन्न तह र तप्कामा बसी कार्यगत जिम्मेवारी पाएका व्यक्तित्व र नेतृत्वहरुले हामीले देश र जनताका लागि के गरेका छौं त ? एक पटक छातीमा हात राखी आँखा बन्द गरी सम्झौता हामीले राष्ट्रघात गरेका छौं कि ? राष्ट्र र जनताका नाममा ब्रह्मलुट गरेका छौं । सात पुस्तालाई पुग्ने अकुत सम्पत्ति विभिन्न आफन्त, व्यापारी, विदेशी बैंक र स्वीजरल्याण्ड समेतमा थुपारेका छौं । हामी नेपाल आमाका भ्रष्टाचारी सपुत भइसकेका छौं ।
हामीले हरेक तवरबाट नेपाल आमालाई दुःख दिइरहेका छौं । हाम्रा पटमुर्खताले पनि स्थान नपाउने भइसकेका छौं । त्यसैले सबै पुगीसरी भएपछि शुन्य सहनशीलताको ढोल बजाएका छौं । सीमा भन्सार अन्तर्राष्ट्रिय त्रिवि भन्सारबाट करोडौंको तस्करी गराएका छौं । नूनदेखि सुनसम्मको कमिसनको पोका पारी जमिनमुनि गाडी कालो धनको हिफाजत गरेका छौं । त्यस्ता स्वार्थी कार्य व्यवहारले के हाम्रो देश, यस देशका जनता समृद्ध हुन सक्लान कि सक्दैनन् ? आज एउटा प्रधानमन्त्री मात्र राम्रो भएर हुँदैन । टीम सबै राम्रो हुनुपर्दछ । एक्लो बृहस्पतिले के गर्न सक्छ, त्यस्तो परिस्थितिलाई आँकलन गर्ने समय आएको छ । जनता थाकिसके, राजनीति र पार्टीको नाममा अब जनता नेताहरुको पद, सत्ता र कुर्सी प्राप्तिको लागि आन्दोलनका नाममा सडकमा आउने छैनन् ।
अब तिमीहरुको पनि समर्थन गर्दैनन् । कति गरे जनताले के पाए ? कम्तीमा लुटेर कमाएको पैसाले फेक्ट्री, कलकारखाना आदि खोले पनि लाखौं होनाहार युवाहरु विदेश पलायनबाट मुक्त हुने थियो । आप्mनै देशमा युवा शक्ति जागृत भएर राष्ट्र निर्माणमा टेवा पुग्ने थियो । खै त नेताहरुले बुझेको ? बुझेको छ त विवेक छैन, विवेक छ, बुद्धि छैन, बुद्धि छ, विवेक पनि छ, धर्मको मर्म पनि थाहा छ, सत्य तीतो हुन्छ त्यो तीतो सत्यको पर्दाफास गरे आफै पासो लागेर मर्ने अवस्था हुन सक्छ । जे बुझेर पनि बुझ पचाउने हाम्रो संस्कार भएको छ । आज जुन आशा, भरोसा र उत्साहका साथ निरंकुशता चंगुलबाट सत्ताको बागडोर जनताको छोराको हातमा थिए तर ती सत्ताधारी र निरंकुशतावादी पृथकतावादीमा कुनै फरक रहेन । राज्य चलाउनु भन्दा पनि घर चलाउने खेती भएको नेपालको राजनीति र राजनेताहरु ।
आज एउटा संविधान निर्माण गर्न सक्दैनन्, चुनाव गराउन सक्दैनन् । एक आपसमा पार्टीगत सहमति हुन सक्दैन, कसरी चल्छ
देश ? वास्तवमा भन्नुपर्दा हाम्रा नेतामा राजनीतिक विवेक छैन । किन कि नेपालको राजनीति मिलाउन भारतीय करण सिंह जस्ता व्यक्ति आएर जे मूल सूत्र दिन्छन्, त्यही सूत्रलाई सूत्रपात गरी हाम्रा राजनीतिज्ञ अगाडि बढ्छन् । किन कि हामीमा मेलमिलापको नीतिगत राजनीति छैन । फुटजुट, सत्तामोह कुर्सीको आडमा हाम्रो तन मन धन मष्तिष्क चलायमान भएको छ । अझै पनि तपाईंसँग विवेक छ भने जनताले एक पटक मौका दिनेछन् । आर.एम. लामा