शुक्रबार, चैत्र १६, २०८०

आफ्नो कुरा….

कान्तिपुर हटलाइन पव्लिकेशन प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको समाचार साइट www.kantipurhotline.com न्यूज पोर्टलमा आदरणीय पाठकवर्ग तथा विज्ञापनदातालाइ  हार्दिक स्वागत र अभिवादन गर्दछौं।

विद्युतीय सञ्चारमाध्यमको रुपमा रहेको अनलाईन पत्रकारिता  अहिले विश्वव्यापी भइसकेको छ । अवको पत्रकारिताको  एक महत्वपूर्ण विकल्पका रुपमा  अनलाइन पत्रकारितालाई आम नेपालीले स्वीकार  गरिसकेको  अवस्था छ ।  इन्टरनेट प्रविधिको विकासमा निर्भर रहको अनलाइन पत्रकारिताले नेपालमा  छोटो  समयमानै  आफ्नो उचाई मापन गर्दै   उपत्यका देखि  मुलुकको  दुर -दराजमा  पुगेको इन्टरनेटको सुविधा  र मानिसको हातहातमा भएका मोवाइल मार्फत साक्षात्कार  गर्दै आइरहेका  छ ।   प्रविधीमार्फत् अहिले  विश्वभरका ताजा समाचार पलपलमा प्राप्त गरिरहेको पक्षलाई  कुनै पनि हालतमा नजर अन्दाज गर्न सकिन्न र सकिदैन पनि ।

हो  यहि पेरिफेरीमा विस २०६७ देखि अनलाईन पत्रकारिता अन्र्तगत नेपाली भाषाको समाचार साइटको पूर्ण प्रारुप  कान्तिपुर हटलाइन डटकम (www.kantipurhotline.com ) मा)  नेपाली छापा तथा विद्युतीय सञ्चार माध्यममा काम गरेका अनुभव प्राप्त श्रमजीवी पत्रकारको पहल र सहकार्य रहदै आएको छ ।

राजनीतिक दल निकट भन्दा पनि पाठकको सूचनाको हकमा समर्पित  रहदै सबैको समाचारलाई समान दृष्टिले सधै सन्तुलित बनाई सम्प्रेषण  गर्दै  आवाज विहीनको आवाजको प्रारुपमा क्रियाशील रहदै आएको   छ । जुन हाम्रो प्रमुख   लक्ष्य पनि   हो र  यो दायित्वबाट हामी कहिल्यै  पछि  हट्ने  छैनौं ।  त्यस्तै पत्रकारिताको मूल मर्मअनुरुप  सूचनाको विश्वव्यापीकरण पक्षलाई आत्मासात गर्दै  व्यवसायिक पत्रकारिताको पूर्ण अभ्यास प्रति प्रतिवद्ध रहदै   देशभित्रका समाचारलाई विश्वभर छरिएर रहेका नेपालीमाझ एकैचोटी पुरयाउने  जमर्को  सहित हामी अविराम सिमित स्रोत र साधनका  वावजुद पनि क्रियाशील हुदै  सत्य र तथ्य समाचार सामग्री पस्कन सदैव प्रतिवद्ध रहेका  व्यहोरा पनि  सादर निवेदन गर्दछौं ।logo1

प्रसङग तपाइको पनि हुन सक्दछ  । प्रसङग हाम्रो पनि । समग्रमा  आम नेपाल र नेपालीको प्रसङगलाई देश विदशेमा रहनु भएका तपाई पाठक र  विज्ञापनदाता  माझ  सम्प्रेषण  गर्दै   समाजमा लुकेका र लुकाइएका, विकृति र विसंङगती विरुद्ध समाचारको माध्यमबाट आवाज बुलन्द गर्न हामी विशेष प्रतिवद्ध  रहेका  छौं ।  साथै पाठकको रुची  र सुभेच्छुकको अमूल्य माया, सहयोग र सल्लाह सहित  ज्ञानवद्र्धक सामग्री, रोचक, कला, साहित्य, धर्म, संस्कृति र परम्परालाई हामी बिर्सने छैनौं ।  त्यसमाथि पनि अहिले नेपाली पत्रकारिताको क्षेत्रमा  छापा तथा विद्युतीय सञ्चारमाध्यमबीच देखिएको अस्वस्थ प्रतिस्पर्धाका कारण विश्वसनीयता माथी  प्रश्न उठ्ने गरेको  अवस्थाकावीच  भर्खरै बामे सर्दै  गरेको  अनलाईन  पत्रकारिता पनि  यसबाट अछुतो  भने रहेको छैन । तैपनि हामी  हाम्रो तर्फबाट यी र यस्ता यावत विकृति विरुद्ध  निरन्तर  खवरदारीमा रहने वचनवद्धता प्रकट गर्दछौं ।

यसवीचमा  तपाइँहरुबाट पाएको विभिन्न सल्लाह सुझावलाई आत्मासात गर्दै अझ परिस्कृत र परिमार्जनसहित  तपाईका सिर्जना र सूचना समेतलाई  सम्मान गर्ने  प्रण गर्दै सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुककोतर्फबाट  प्राप्त हुने अमूल्य सल्लाह सुझावको  सदैव अपेक्षा गर्दै  अगाडी बढ्ने प्रतिवद्धता अभिव्यक्त गर्दछौं धन्यवाद  ।

hotline shreejan sign