शुक्रबार, चैत्र १६, २०८०

मनाङ्गेलाइ तत्काल शपथ नगराउने गण्डकी प्रदेशको कार्यव्यवस्था परामर्श समितिको निर्णय

काठमाडौं पुस २२, गण्डकी प्रदेशको कार्यव्यवस्था परामर्श समितिको बैठकले तत्कालका लागि दीपक मनाङ्गे भनिने राजीव गुरुङको शपथ नगराउने निर्णय गरेको छ । मनाङ्गे गत पुस ६ मा सर्वोेच्चको आदेशअनुसार डिल्लीबजार कारागारबाट तारेखमा रिहा भएसंगै मनाङ्गेले शपथका लागि गण्डकी प्रदेशसभा सचिवालयमा गत साता निवेदन बुझाएका थिए ।

यसरी प्राप्त निवेदन उपर नितिगत निर्णय गर्न आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले तत्कालका लागि मनाङ्गेको शपथ नगराउने र त्यसको पूर्णतः अधिकार सभामुखलाई दिने निर्णय गरेको हो ।

बैठकमा लामो छलफलपछि मनाङ्गेको शपथ तत्कालका लागि नहुने निर्णय भएको र त्यसको पूर्ण अधिकार आफूलाई दिइएको सभामुख  नेत्रनाथ  अधिकारीले  बैठकपछि सञ्चारकर्मीहरुलाइ जानकारी दिएको हाम्रा सहकर्मीले जनाएको छ ।
यसअघि, नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नयाँ शक्तिले मनाङ्गेको शपथ हुन नहुने अडान कायम राख्दै आएको भए पनि अन्य दल मनाङ्गेको पक्षमा उभिएका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।