बिहिबार, बैशाख १३, २०८१

सबै नेपालीलाई राष्ट्रिय झन्डामुनि गोलबद्ध हुन पूर्वराजा शाहको आह्वान

प्रसंग: २९५औं पृथ्वीजयन्ती

काठमाडौ पौष २६,  पूर्वराजा ज्ञानेन्द्र शाहले २९५औं पृथ्वीजयन्तीको अवसरमा आज जारी गर्नु भएको शुभकामना वक्तव्यमा चार वर्ण छत्तीस जातको साझा फूलबारीकोरुपमा रहे, मुलुकलाई बिथोल्ने प्रयास भएको भन्दै चिन्ता व्यक्त गर्नु भएको छ । त्यस्तै वक्तव्यमा उहाँले ‘देशको सार्वभौमसत्ता कमजोर पार्ने, राज्य संयन्त्रहरूलाई दूर्वल तूल्याउने, भौगोलिक एवंम क्षेत्रीय अखण्तामाथि प्रहार गर्ने कार्य जसले गरे पनि अक्षम्य अपराध हुने’ अभिव्यक्ति दिदै भाषा, धर्म, संस्कृति र राष्ट्रिय पहिचानका आधारहरू भत्काउने प्रयास समेत भइरहेको जनाउ दिनु भएको छ ।

15994822_1175583962518224_3831873794784029287_oत्यस्तैगरि वक्तव्यमा ‘पृथ्वीनारायण शाहको संघर्र्ष, नेतृत्व कौशल, दूरदर्शिता नेपाली जनताको सामूहिक साथ र सेनाको वीरताको परिणमस्वरुप हामी नेपालीलाई प्राप्त यो देशको  राष्ट्रियता, राष्ट्रिय एकता र सामाजिक सद्भाव संकटमा पर्नु हामी सबै देशभक्त नेपालीका लागि गम्भीर चिन्ताको विषय बनेको’ उल्लेख गर्दै पूर्वराजा शाहले ‘नेपाली जनताको इच्छाअनुसार नारायणहिटी दरबारबाट बाहिरिएपनि एक दशक बित्दासमेत नेपाल बन्ने होइन, बच्ने हो कि होइन भन्ने चिन्ताजनक घडीमा रहेको’ भन्दै देशलाई कसैको क्रिडास्थल बन्न नदिन ऐक्यबद्ध हुनसमेत आह्वान गर्नु भएको छ ।

पूर्वराजा शाहले ‘राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको वंशजका एक नेपाली हुनूका नाताले नेपालको अस्तित्व, स्वाभिमान र गौरव चीरकालसम्म जोगाउन, नेपालीबीचको एकतालाई जीवन्त र स्थायी बनाउन, स्थीर, शान्त र समृद्ध नेपाल निर्माण गर्न सबै नेपालीलाई राष्ट्रिय झन्डामुनि गोलबद्ध हुन आह्वान गर्नुको अलावा आफू राजदरबारबाट बाहिरिएपनि जनता र राष्ट्रप्रतिको जिम्मेवारीबाट पन्छिएको महसुस नगरेको भन्दै अहिलेको गैरजिम्मेवार सत्ताप्रति कटाक्ष  गर्नु भएको छ ।