बिहिबार, चैत्र १५, २०८०

प्रजातान्त्रिक मूल्य, मान्यता र मर्म विपरितका ब्यवहार राजनीतिक तहबाट प्रकट भईरहेको आरोप पूर्वराजाको आरोप

काठमाडौ बैशाख १ , नयाँ बर्षको अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाहले पनि जा शुभकामना सन्देश जारी गर्दै नेपालको सार्वभौमिक स्वतन्त्रता र प्रजातन्त्रमाथि खतरा देखिएको दाबी गरिएको छ ।  त्यस्तै सन्देशमा पूर्व राजाले राजनीतिक क्षेत्रप्रतिको भरोसा जनतामा टुट्दै गएकाले देशको राष्ट्रियता र सबल एकता खल्बलिने त्रास raja_Gyanendra-1बढेको जिकीर गर्नुको अलावा ०६३ सालमा शान्ति र समृद्धिको आशासहित तत्कालिन संसद पुनस्थापना गरेको उल्लेख गर्दै उनले तर राजनीतिक दलहरुले सहमति अनुसार काम नहुनुकोनगरेको बताउँनु भएको
छ ।

‘संसद पुनस्थापनापछि सहमति विपरितका कामहरु हुदै जाँदा पनि देशको समृद्धि र जनताको हितलाई ख्याल गर्दै हामीले मौनतापूर्वक साथ दिएका हौं’ सन्देशमा भनिएको छ ।  त्यस्तै हिमाल, पहाड र तराइ नै नेपालको विश्व परिचय हो भन्ने वास्तविकतालाई आत्मसात गरी ब्यवहार गर्न नसक्दा नेपाली नेपालीबीच शंकाको वातावरण बढेको स्मरण गराउँदै उनले सन्देशमा सनातन धर्म र निष्ठामा आधारित जीवन मूल्यलाई क्षतविक्षत बनाउने अदृष्य चालबाजीले नेपालको प्रजातन्त्र र सार्वभौम स्वतन्त्रतामाथि आँच पुर्‍याउने खतरा बढेको जिकीर गर्दै मुलुकमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तुलन बिगारिएको उल्लेख गर्दै पूर्व राजाले विश्वमा प्रचलित प्रजातान्त्रिक मूल्य, मान्यता र मर्म विपरितका ब्यवहार राजनीतिक तहबाट प्रकट भईरहेको आरोप लगाएका छन् ।