शुक्रबार, चैत्र १६, २०८०

प्रजातन्त्रको अनुभुति गर्न पाएको छ कि छैन भनेर आफैलाई प्रश्न गर्ने समय आएको छ :पूर्व राजा ज्ञानेन्द्र शाह

राष्ट्र सर्वोपरी हुन्छ भने शासन परिवर्तनीय हुने जिकिर

काठमाडौ फागुन ६,  पूर्व राजा ज्ञानेन्द्र शाहले ६७ औं प्रजातन्त्र दिवसका अवसरमा म हाम्रा जिजुबुवा राष्ट्रपिता श्री छ त्रिभूवन सहित प्रजातन्त्रका निम्ति त्याग र उत्सर्ग गर्ने सवैको स्मरण गर्न चाहन्छु भन्दै आज जारी गर्नु भएको शुभकामना सन्देसमा प्रजातन्त्र आधुनिक विश्व राज्य व्यवस्थाको एक सुन्दर अलंकार मात्र नभएर 16830864_1647912445511225_906354125774958480_nमानवीय हक र हितकोे आधार स्तम्भ पनि भएको जनाउँ दिदै प्रजातन्त्रको पहिलो शर्त जनताप्रति उत्तरदायी नेतृत्व हुँनुपर्ने बताउँनु भएको छ ।

त्यस्तै उहाँले प्रजातन्त्रमा राजनीतिक पद्धतिका अनेक रुप हुने भएपनि राष्ट्र सर्वोपरी हुन्छ भने शासन परिवर्तनीय हुने जिकिर गर्दै आफ्नै आस्था र विश्वासको राजनीतिक जगलाई अंगाल्नुको अलावा आफ्नै दर्शन, गौरव, शान, सभ्यता, संस्कार र शक्तिलाइ नजर अन्दाज गर्न नमिल्ने भन्दै यसको संरक्षण सहित मर्यादित बनाउनुसके मात्र राष्ट्रको प्रतिष्ठा अभिवृद्धि हुँने उल्लेख गर्नु भएको छ ।

त्यस्तै उहाँले सन्देसमा मुलुकमा आम नेपाली जनताले पाइला पाइलामा सुखानुभुति गर्नु नै प्रजातन्त्र भएको जिकिर गर्दै किसानले खेतमा, मजदुरले कार्यस्थलमा, पैदलयात्रीले सडकमा, सेवाग्राहीले प्रशासनिक निकायमा, पिडितले न्यायालयमा, उपभोक्ताले बजारमा, उद्यमी, व्यवसायीले आफ्नो कर्मक्षेत्रमा, स्वास्थ्यकर्मी, शिक्षक, कानून व्यवसायी एवं पत्रकारले आफ्नो पेशा व्यवसायमा, सुरक्षाकर्मीले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, विद्यार्थीले विद्यालयमा, युवाले राष्ट्र निर्माणमा र नारीले पाइला पाइलामा भोगिरहेको वर्तमानले प्रजातन्त्रको अनुभुति गर्न पाएको छ कि छैन भनेर आफैलाई प्रश्न गर्ने समय आएको घडी आएको अभिव्यक्ति दिनु भएको छ ।

16649458_1647913385511131_7101969175644843809_n