शुक्रबार, बैशाख ७, २०८१

पूर्वराजा ज्ञानेन्द्रद्दारा जनताको दैनिक जीवनमा सकारात्मक परिवर्तन नभएकोमा चिन्ता व्यक्त

काठमाडौ आश्विन २१, पूर्वराजा ज्ञानेन्द्र शाहले बडादसैंको अवसरमा आजसाँझ एक शुभकामना सन्देश जारी गर्दै शक्ति सन्तुलनको आधारमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने बताएका छन् । त्यस्तै सन्देशमा उहाँले नेपालीको चाहाना शान्ति, सूरक्षा, स्थायित्व, विकास र समृद्धि हो भएको जिकिर गर्दै रोजगारी र सूरक्षित जीवन नागरिकहरुको नैसर्गिक अधिकार भएको बताउँनु captureभएको छ ।

साथै उहाँले वितेका दशकभित्र जनताको दैनिक जीवनमा सकारात्मक परिवर्तन भयो त ? राष्ट्रियता सार्वभौमिकता, राष्ट्रिय एकता र सामाजिक सद्भाव वलियो भयो त रु भष्ट्राचार , अनियमितता, ढिलासूस्ती, दण्डहिनताको अन्त्य गरि जनमूखी शासन, प्रशासन प्रारम्भ गरियो त ? विकास, निर्माण र उधोग व्यवसाय  फष्टाउँने  बातावरण बनाईयो त ?परिपक्क पराष्ट्र नीति तर्जूमा गरेर देशको स्वाभिमान र स्वार्थ रक्षा गरियो त ? घर, परिवार छोडेर पराया भुमिमा पसिना बगाउनूपर्ने बाध्यताबाट नेपाली यूवाहरुलाई मूक्त गरियो त ? अपराध र अपराधिकरणलाइ निरुत्साही गरियो या जनताका निम्ति के के गरिए त्यसको समिक्षा गर्न अव विलम्व भैसकेको जनाउ सहितको प्रश्न उठाउँदै ‘यसबीचमा नेपाली जनताको दैनिक जीवनमा सकारात्मक परिवर्तनसमेत हुन नसकेको’मा चिन्ता व्यक्त गर्नु भएको छ ।  त्यस्तै, देशमा भ्रष्टाचार, दन्डहीनता, ढिलासुस्ती बढेको, शासन प्रशासन जनमुखी हुन नसकेको र विकास निर्माण तथा उद्योग–व्यवसायसमेत फस्टाउन नसकेको विषय पनि सन्देशमा उठाउनु भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2016
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930