शुक्रबार, बैशाख १४, २०८१

नेपाली भूलोकमा सबैलाई “सबैको हित गरौं” भन्ने दिव्य आदर्श दिन सकोस्: पूर्वराजा ज्ञानेन्द्र

 रामनवमीको शुभकामना: 

काठमाडौं चैत्र २३, पूर्वराजा ज्ञानेन्द्रशाहले आजा मर्यादा पुरुष श्रीरामचन्द्रको जन्मोत्सबको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै भगवान श्रीरामले देखाएको 16830864_1647912445511225_906354125774958480_nसत्यनिष्ठा, मर्यादा तथा लोकसम्मत राज्य व्यवस्था जस्ता विषय आजको नेपालमा टड्कारो आवश्यकताको रुपमा देखापरेको बताउँनु भएको छ । त्यस्तै उहाँले आफ्नो सन्देशमा उहाँले त्रेता युगमा यो धरतीमा लोक हितका निम्ति अवतरित मर्यादा पुरुषोत्तम रामको दिव्य स्मरण गर्ने आजको दिनले हामीलाई त्यागशीलता, मर्यादा तथा लोक मान्यता जस्ता उच्चतम गुण एवं गरिमाको संझना गराउंदै त्यसतर्फ लाग्न उत्साहित गरेको उल्लेख गर्नु भएको छ ।

साथै सन्देसमा परम्परागत मान्यता, सत्यात्माको प्रतिष्ठा तथा लोक भावनाप्रतिको निष्ठा आजको नेपाली राज्य प्रणालीले भोग्नु परेको चर्को खडेरी भइको जिकिर गर्दै भगवान रामले देखाएको सत्यनिष्ठा, मर्यादा तथा लोकसम्मत राज्य व्यवस्था जस्ता विषय आजको नेपालमा टड्कारो आवश्यकताको रुपमा देखापरेको बताउँनुको अलावा रामनवमी जस्तो पूनीत पर्व विशेषले नेपाली भूलोकमा सबैलाई “सबैको हित गरौं” भन्ने दिव्य आदर्श दिन सकोस् यही भन्ने कामना गर्नु भएको छ ।