शनिबार, बैशाख ८, २०८१

काष्ठमण्डप पुनःनिर्माणका लागि कामपा र पुनःनिर्माण समितिवीच १२ बुँदे सहमतिपत्रमा हस्ताक्षर  

प्रारम्भिक अनुदान स्वरुप ५०लाख हस्तान्तरण

काठमाडौं जेठ २९ , २०७२ बैशाख १२ मा गएको महाविनाशकारी भूकम्पका कारण भग्नावशेषमा परिणत भएको ऐतिहासिक पुरातात्विक तथा प्राचीन महत्वको स्मारक काष्ठमण्डप पुनःनिर्माणका लागि प्रदेश सभा सदस्य राजेश शाक्यको संयोजकत्वमा गठित समिति र काठमाडौं महानगरपालिकावीच काष्ठमण्डपको पुरातात्विक महत्वलाई पूर्ववत कायम गर्न भत्कनु पूर्वको स्वरुप, शैली र संरचना अनुसार पुुननिर्माण गर्ने सवालमा आज एक कार्यक्रमकावीच सहमतिपत्रमा हस्ताक्षर गरिएको छ ।   आज भएको १२ बुँदे सहमतिसंगै प्रथम पक्षको हैसियतमा रहेको काठमाडौं महानगरपालिका र दोस्रो पक्षमा रहेको काष्ठमण्डप पुनर्निर्माण समितिलाइ कामपाले प्रारम्भिक सहयोग अनुरुप रु.५०,लाख आर्थिक अनुदान उपलव्ध गराएको छ ।

सहमतिपत्रमा हस्ताक्षर भएलगत्तै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले समितिका अध्यक्ष एवम प्रदेश सांसद राजेश शाक्यलाईअनुदान रकम हस्तान्तरण गर्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले काष्ठमण्डपको पुननिर्माणका लागि यस अघि जे भयो भयो अव कुनैपनि हालतमा ढिलाइ गर्नु नहुँने भन्दै नियमित काम गरेर २ बर्षभित्र पुननिर्माण कार्य सम्पन्न गर्नुपर्नेमा जोड दिनु भएको थियो ।  

त्यस्तै काठमाडौं महानगरपालिकाको तर्फबाट सह सचिव राजेश्वर ज्ञवालीले र पुनर्निर्माण समितिको तर्फबाट राजेश शाक्यले हस्ताक्षरित उक्त सहमति पत्रमा उल्लेख भएअनुसार प्रथम पक्षको पहलमा काष्ठमण्डपको यथाशक्य छिटो, मौलिक स्वरुप र दीगो रुपमा पुनःनिर्माण गर्न नेपाल सरकार संस्कृति सम्पदा तथा पर्यटन मन्त्रालय, पुनःनिर्माण प्राधिकरण, पुरातत्व विभाग समेतको राय परामर्शमा काठमाडौं महानगरपालिको रणनीतिक नेतृत्वमा सरकारी तथा नागरिक संघसंस्था आदिको सहयोग र सहभागितामा दोस्रो पक्षले अनुसुचि –१ बमोजिमको निर्देशक समिति प्रति उत्तरदायी भई काष्ठमण्डप पुनःनिर्माणको कार्यान्वयन गर्ने त्यस्तै काठमाडौं महानगरपालिकाको प्रतिकका रुपमा रहेको काष्ठमण्डप पुनर्निर्माणको ऐतिहासिक संरचना निर्माण संवेदनशील भइ सर्वस्वीकार्र्य गरि अनुसुचि– २ बमोजिमको विज्ञ समूहको प्राविधिक परामर्शमा पुनःनिर्माणको कार्यारम्भ गर्ने उल्लेख गरिएको छ ।

यस्तो छ सहमतिपत्रको पूर्णपाठ: 

 त्यस्तै काष्ठमण्डप पुनःनिर्माणका लागि गठित प्रदेशसभा सदस्य राजेश शाक्यको अध्यक्षतामा ५५ जना स्थानीय, विषय सम्वद्ध सरोकारवाला व्यक्तिहरु सम्मिलित काष्ठमण्डप पुनर्निर्माण समितिले नेपाल सरकार, प्रदेश सरकार तथा अन्य व्यक्ति संघसंस्था समेतको आर्थिक् तथा भौतिक सहयोगमा प्रचलित नेपाल कानूनले तोकेका व्यवस्था र प्रकृयाको पालना गर्नुपर्ने जिकिर गरिएको छ । कार्यक्रममा संघीय सासद,कापाका प्रमुख, उपप्रमुख लगायतका पुरातत्व विभागका उच्चपदस्थ व्यक्तिविशेषको उपस्थिती रहेको थियो ।

 यस्तो छ काष्ठमण्डप पुनःनिर्माणका लागि गठित निर्देशक समिति , बिज्ञ समुह, काष्ठमण्डप पुनर्निर्माण समिति, सल्लाहकार समुह र संरक्षक समुह : 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।