बिहिबार, बैशाख ६, २०८१

ELEGANT STORY- सासु-बुहारी

  pen-copy-gift-150x15022-ललित ध्वज खड्का

सासूलाई आफैले रोजेको  बुहारी भित्र्याउने रहर पुरा हुदै थियो। केहि दिन पछि धुमधामका साथ् नब बुहारीको प्रबेस भयो। नौलो हुन्जेल सासु -बुहारीको सम्बन्ध राम्रै थियो। समय बित्दै जादा बुहारीको ब्यबहार सासूलाई मन पर्न छाड्यो। बुहारीको चाल ढाल ,बोलि बचन ,राखन धरण र पकाई तुल्याई पटक्कै रुचाइनन। कस्तो सस्कार नाभाकी , बाउ-आमाले के सिकाएछन भन्दै गाउ भारी कुरा काट्दै हिड्न थालिन।

सासुको त्यस्तो ब्यबहार देखेर बुहारीले सासूलाई कराउन थालीन। दुई जनाको दिनहु घर झगडा हुन थाल्यो।  छोरा पत्त्निकै पक्षमा लागेर आमा संग झर्किफर्की गर्दथ्यो। सासु संग बस्ने सक्दिन भनेर बुहारी  एक दिन माइत हिडिन। सासुको यस्ती -उस्ती भन्दै आफ्नो पितालाई गुनासो पोखिन। पिताले छोरीको मन बुझे र भने  एउटा उपाय छ गर्ने हो ? मार्नु  परे पनि तयार छु बुवा। ल त म बिष दिन्छु, यो बिष छ महिना  खानामा हालेर सधै  गर्नु त्यस पछि टनटै सकिन्छ तर यदि यो  कुराको  छनक  पायो भने  त जेल जानुपर्छ नि बिचार पुर्याएर काम गर। छ महिना सम्म सासुको एक दम हेरबिचार गर्नु , जे भने पनि  सहनु ,मुख नलाग्नू है। छ महिना त हो।

पिताले  दिएको बिषको पुरिया बोकेर छोरी घर फर्कीन। पिताले भने अनुसार काम थालि। दिन, हप्ता र महिना बित्यो सासुमा परिबर्तन देखा पर्न थाल्यो। कुरा काटेर नथाक्ने सासु अब गाउ भरि बुहारीको प्रसंशा गर्दै हिड्न थालिन। कसैले बुहारीको बारेमा केहि भन्यो भने जाई  लाग्थिन। घर प्रेममय थियो। सासु-बुहारी हैन आमा-छोरी जस्ता भएका  थिए। चौथो महिना पछि बुहारीले बिषको मात्रा बढाउदै लागिन। सासुको मृत्यु नजिकिदै थियो।
सासुले बुहारीलाई अगाध माया गर्न थालिन। छ महिनाको समय अब मात्र दुई दिन बाकि थियो। त्यस अगाबै बुहारी पितालाई भेट्न माइत पुगिन।  छोरीलाई देखेर पिताले सोधे -बिषले काम गर्दै छ नि छोरी ? छोरीको मन थियो, मलिनो आवाज मा भनि -बिषको असर कम गर्ने ओखति चाहियो। म मेरी आमा लाई बचाउन चाहन्छु। पिता फिस्स हास्दै भन्छन -कसले दियो र बिष ,त्यो त खाना पचाउने पाचकको धुलो हो। मैले त सम्बन्ध मजबुत गराउने जुक्त्ति निकालेको छोरी।रीसले आफैलाई खान्छ ,प्रेमले सबैलाई एक बनाउछ।