मङ्लबार, बैशाख ४, २०८१

अब उपत्यकामा गृड्ने सार्वजनिक सवारी साधन राति १० बजेसम्म अनिवार्य

काठमाडौं चैत २५,  काठमाडौं महानगरले राजधानीमा चल्ने सार्वजनिक यातायातका गाडीहरु राति १० बजेसम्म सञ्चालन गर्नुपर्ने अनिवार्य गरेको छ ।  अबको १५ दिनमा ऐन प्रमाणीकरण भई राजपत्रमा प्रकाशित भएपछि राति १० बजेसम्म सार्वजनिक साधन अनिवार्य सञ्चालन गर्नुपर्ने व्यवस्था लागू हुने जानकारी महानगरले दिएको छ ।

काठमाडौं महानगरले सवारी तथा यातायात व्यवस्थापन ऐन २०७५ जारी गरी महानगरभित्रका रुटमा सञ्चालन हुने सार्वजनिक सवारी साधनले बिहान ५ देखि राति १० बजेसम्म सेवा सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको हो । कात्तिकदेखि माघ मसान्तसम्म भने बसले बिहान ५ देखि राति ९ बजेसम्म सेवा दिनुपर्ने ऐनमा व्यवस्था छ । –कान्तिपुर दैनिकबाट

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।