शुक्रबार, चैत्र १६, २०८०

भ्रष्टाचारमुक्त न्यायपालिकाका लागि व्यवसायिक बार हाम्रो प्रमुख लक्ष्य : अधिवक्ता विरेन्द्र ठाकुर

काठमाडौं चैत् ११,  अधिवक्ता विरेन्द्र कुमार ठाकुर नेपाल वार एशोसिएनको आसन्न  २५औं कार्यसमितिका लागि हुन गइरहेको निर्वाचनमा चण्डेश्वर श्रेष्ठ नेतृत्वको प्रगतिशील , पेशागत तथा समावेशी समूहबाट खुला मधेशी केन्द्र���य सदस्यका उम्मेदवार हुनुहन्छ । देशका विभिन्न ३५ स्थानमा व्यवस्था गरिस्एको मतदान केन्द्रबाट देशभरका १० हजार ३१३ मतदाता वकीलहरुले भावी नेतृत्वको चयन गर्ने यस निर्वाचनमा प्रष्ट वक्ता एवम नेतृत्वदायि भुमिका निर्वाह गर्न सक्षम व्यक्तित्व ठाकुरसंग निर्वाचन केन्द्रीत अन्तरसंवादको क्रममा न्यायालयमा पछिल्लो समय यो वा त्यो कोणबाट बढ्दो श्रृखलागत भ्रष्टाचारको चर्चा हुँदै गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकाश हाम्रो सरोकार, स्वतन्त्र, सक्षम, निष्पष र भ्रष्टाचारमुक्त न्यायपालिकाका लागि व्यवसायिक बार को मुल नारा सहित आफ्नो टिम चुनावी मैदानमा रहेको बताउँनु हुन्छ ।

त्यसो त प्रगतिशील, पेशागत तथा समावेशी कानून व्यवसायी समूह होस वा बृहत् लोकतान्त्रिक, समावेशी तथा पेशागत कानून व्यवसायी समूह होस दुवै समुहले न्यायालयमा व्यापक भ्रष्टाचार मौलाएको बताउँनुले पनि यसको गरिमामा केहि ग्रहण लागेको अवस्था रहेको सहजै वोध गर्न सकिन्छ ।  यद्यपी नेपाल वारमा निर्वाचित हुँने नयाँ नेतृत्वले प्रस्तुत चुनौतीको समाना गर्नुपर्ने त छदैछ । त्यसको साथै जनतामा न्यायालय प्रतिको  विस्वासलाइ थप मजबुत बनाउँन नविनतम योजना सहित क्रियाशील  हुनपर्ने हुन्छ ।

न्यायालयमा मौलाउँदो भ्रष्टाचारको तहगत सञ्जालको नियन्त्रण एवम् जनताको सहजरुपमा न्यायमा पहुँच , फैसलाको कार्यान्वयन, प्रशिक्षण र वकालतलाइ सेवा व्यवसायको रुपमा रुपान्तरण गर्दै सवैमा न्यायालयको आस्था र विस्वासलाइ सवल बनाउँन आफ्नो उम्मेदवारी

त्यस्तै मुलकुमा जारी संविधानको पूर्ण कार्यान्वयनका लागि न्यायालय र नेपाल वारलाइ बलियो बनाउँनु पर्ने अभिमत प्रकट गर्दै उहाँले हामीसंगको अन्तर सवादमा उहाले भने राजनैतिक भागवण्डमा हुने गरेका न्यायाधिस नियक्ति ,भ्रष्टाचार जस्ता यावत विकृतिको नियुक्तिका लागि २० लर्ष पुगेको वकिल न्यायाधिसको लागि योग्य हुन्छ भन्ने गलत मान्यतालाइ विस्थापन गर्दै क्षमताको आधारमा प्रतिस्प्रर्धात्मक रुपमा न्यायाधिसको नियुक्तिको वातावरण बनाउँन आवश्यक रहेको बताउँनु हुन्छ । साथै जनताको सहजरुपमा न्यायमा पहुँच , फैसलाको कार्यान्वयन, प्रशिक्षण र वकालतलाइ सेवा व्यवसायको रुपमा रुपान्तरण गर्दै सवैमा न्यायालयको आस्था र विस्वासलाइ सवल बनाउँन आफ्नो टिमको उम्मेदावारी रहेको बताउँनु हुन्छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।