शुक्रबार, चैत्र १६, २०८०

नेपाल लाइफले आफ्ना शेयरधनीलाई ४८.५ प्रतिशत लाभांश दिने

काठमाडौं फागुन १९,  नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीलाई ४८.५ प्रतिशत लाभांश दिने भएको छ ।कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट २५ प्रतिशत शेयर लाभांश र २३.५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

कम्पनीले आज जारी विज्ञप्तिमा एक करोड नौ लाख ९२ हजार ३२१ कित्ता बराबरको शेयर लाभांश र एक अर्ब तीन करोड ३२ लाख ७८ हजार २३२ रुपैयाँ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको जनाएको हो ।

उक्त प्रस्ताव बीमा समिति र कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।