बिहिबार, बैशाख १३, २०८१

राजदूत शेर्पामाथी छानविन गर्न चौतर्फी दवाव, यथार्थ जानकारी गराउन दुतावासलाई सरकारको निर्देशन

मानव तस्करीको आरोप लागेकी राजदूत शेर्पामाथी छानविन गर्न माग गर्दै काँग्रेसद्दारा सरकारको ध्यानाकर्षण

काठमाडौ मंसिर २०,  संघीय संसदका प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाका गतिविधिबारे उठेका प्रश्न प्रति पार्टीको गम्भीर ध्यानाकषर्ण भएको जनाएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले  बुधवार जारी विज्ञप्ति राजदूतकै सहयोगीले सो विषय सार्वजनिक गरेको साता दिन भइसक्दासमेत सरकारले चासो प्रकट गरी अनुसन्धान नथाल्नु र मौनता राख्नु दुःखद भएको उल्लेख गर्दै

राजदूत शेर्पाका बारेमा उठेका प्रश्नउपर तत्कालै सत्यतथ्य निरुपण गर्ने कर्तव्य सरकारको रहेको उल्लेख गरिएको छ । त्यस्तै विज्ञप्त्मिा काङ्ग्रेसले तत्कालै सो विषयमा आवश्यक छानबिन गर्न, छानबिनका लागि तत्काल परराष्ट्र मन्त्रालयमा उपस्थित गराउन र दोषी ठहरिए बर्खास्त गर्ने कदम चाल्न सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

यसैवीच अष्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पामाथि उनकै पूर्व कर्मचारीले लगाएको ‘मानव तस्करी’ गरेको आरोपका सवालमा मुलुकभित्र विपक्षी दल नेपाली काँग्रेसले राजदूत शेर्पामाथी छानविन गर्न माग गर्दै सरकारलाइ गराएको ध्यानाकर्षण संगै सामाजिक सञ्जालहरुमा समेत सत्यतथ्य छानविन हुनुपर्ने माग गर्दै अनेकन टिप्पणी हुन थालेपछि सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पामाथिको आरोपको यथार्थ जानकारी गराउन क्यानबेरास्थित दुतावासलाई निर्देशन दिएको छ ।

त्यसो त यसअघि वाङ्गछुले सार्वजनिक रुपमा आरोप लगाएपछि क्यानवेरास्थित दूतावासले एक बिज्ञप्ति जारी गरेर वाङ्छुले झुठो आरोप लगाएको उल्लेख गरेको थियो । राजदूत शेर्पाले वाङ्गछु पहिल्यैदेखि ठगीमा संलग्न रहेका कारण उनले लगाएको आरोप निराधार रहेको जिकिर गरिएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।