बुधबार, बैशाख १२, २०८१

जापानिज भाषा परीक्षा पनि अव अनलाईनबाट

काठमाडौं कार्तिक १५,  मोग सर्भिस प्राइभेट लिमिटेड नेपालले नेपालमै पहिलो पटक जापानको एन एस जी ग्रुपद्वारा संचालित सर्टीफाई इन्कसँगको सहकार्यमा जापानिज भाषा परीक्षा अनलाईनबाट दिन पाउने व्यवस्था गर्न लागेको छ। अहिलेसम्म सबै जापानीज भाषा परीक्षा कागजको प्रयोग गरेर लिने गरिएकोमा अबदेखि अनलाईनबाटै परीक्षा दिन पाउने व्यवस्था गर्न लागेको  मोग सर्भिसले जनाएको छ ।

प्रस्तुत व्यवस्थासंगै परीक्षाको नतिजा समेत तत्काल प्राप्त गर्न सकिने बताउँदै प्रालिका सीईओ ओमहरि प्रजापतिले अहिले यसअभि लिइने परीक्षमा कागजको प्रयोग हुने भएकाले नतिजा थाहा पाउन समेत लामो समय कुर्नुपर्ने अवस्था रहेको बताए ।

सन् १९७६ मा स्थापना भएको एनएसजी ग्रुपले परीक्षा संचालन गर्ने सर्टीफाई इन्क सहित तीनवटा विस्वविद्यालय र ३० वटा कलेज संचालन गरेको छ। सर्टीफाई इन्कले १९८३ देखि अहिलेसम्म तीस लाख परीक्षा संचालन गरिसकेको इन्कका डाइरेक्टर मासाको किमुराले बताउनुभयो। पीजेसी परिक्षा सन् २०१३ बाट सुरु गरेको सर्टीफाई इन्कले २०१५ बाट पीजेसी ब्रिज परिक्षासंचालन गर्न सुरु गरेको हो। हाल सातवटा विभिन्न क्षेत्रमा २७ वटा विषयको परिक्षा लिदै आएको छ।

जापानको अध्यागमन विभागले मान्यता दिएको यो पररिक्षा प्रणालीमा परीक्षार्थीले प्रत्येक हप्ता परिक्षा दिन पाउनेछन। यसले जापानिज भाषा परिक्षामा प्रयोग हुने N5 देखि N3 लेभल सम्मको जाँच एकैपटकमा गर्नसक्छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।