मङ्लबार, बैशाख ११, २०८१

दुर्घटना न्यूनीकरणका लागि पर्चा र चालकलाई चकलेट

बिर्तामोड, असोज २७ ,चाडपर्वका बेला सडकमा सवारीसाधनको चाप बढेसँगै हुनसक्ने दुर्घटना न्यूनीकरणमा टेवा पु¥याउने लक्ष्य सहित झापाको बिर्तामोडमा विशेष अभियान सञ्चालन गरिएको छ । वीरता जेसीज, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र लेट्स रन नेपाल झापाको संयुक्त आयोजनामा सञ्चालित दुर्घटना न्यूनीकरण महाअभियान अन्तर्गत सवारीसाधनमा चेतनामुलक स्टिकर टाँस्नुको अलावा चेतनामुलक पर्चा र चालकलाई चकलेट वितरण गरिएको थियो ।

झापाबाट काठमाडौँ लगायतका लामो दुरीतर्फ आउने जाने तथा बिर्तामोड बसपार्कबाट इलाम, पाँचथर, ताप्लेजुङ जाने सवारीसाधनलाई लक्षित गरी उक्त अभियान सञ्चालन गरिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै वीरता जेसीजका अध्यक्ष एकराज गिरीका अनुसार पाँच सय सवारीसाधनमा स्टिकर टाँस्नुका साथै चालकलाई राम्रोसँग सवारी चलाउन प्रेरित गर्दै चकलेट प्रदान गरिएको र ती सवारीसाधनमा यात्रा गर्ने सबै यात्रुलाई ट्राफिक नियम सम्बन्धीका चेतनामुलक पर्चा वितरण गरिएको उक्त कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजेश राई र लेट्स रनका अध्यक्ष पवन शिवाकोटीले सवारीसाधनमा स्टिकर टाँसेर उक्त अभियान शुरु गरेको वीरता जेसीजका महासचिव विनोद पाण्डेलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।