शुक्रबार, चैत्र १६, २०८०

काष्ठमण्डप पुननिर्माण समितिलाइ महानगरद्दारा थप ५ करोड हस्तान्तरण

काठमाडौं असोज २७, काठमाडौं महानगरपालिकाले महानगरको महत्वपूर्ण आधारस्तम्भ पुर्न निर्माणका लागि काष्ठमण्डप पुननिर्माण समितिलाइ थप ५ करोड रुपैयाँ उपलब्ध गराईएको छ ।

महानगर प्रमुख मेयर बिद्यासुन्दर शाक्यले आज राजधानीमा महानगरपालिका अन्र्तगत सञ्चालित हनुमानढोका दरबार संरक्षण कार्यक्रमले आयोजना गरेको कार्यक्रममा काष्ठमण्डप पुननिर्माण समितिका अध्यक्ष एवम प्रदेश सासंद राजेश शाक्यलाई ५ करोड रुपैयाँको चेक प्रदान गर्नुभएको हो ।  यसअघि महानगरले प्रारम्भिक आर्थिक सहयोग अन्र्तगत रु ५० लाख उपलब्ध गारइएको थियो ।

 रकम हस्तान्तरण  कार्यक्रममा  प्रमुख शाक्यले काष्ठमण्डपको पुननिर्माणको लागि १८ करोड अनुमानित लागत रहेको त्यो खर्च महानगरले आफै गर्ने बताउँदै यसको प्रारम्भिक काम शुरु भइसकेको जानकारी दिनुभएको छ । कार्यक्रममा दरबार क्षेत्रसँग जोडिएका १९, २०, २३ र २४ वडाका वडाध्यक्षहरुको समेतको उपस्थिती रहेको  थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।