बिहिबार, बैशाख १३, २०८१

गांधी अहिंसा अभियानको सफलताको सूचक शाकाहारी जिवन भएको डा महतको जिकिर

हिंसा रहित दशैमनाउँन आव्हान गर्दै राजधानीमा बृहत मोटरसाइकल –याली

 काठमाडौं असोज २४ , नेपाली काग्रेसका नेता तथा पुर्वमन्त्री डा.प्रकाश शरण महतले माहात्मा गांधीको अहिंसा अभियान सफल हुन पनि शाकाहार जिवनले प्रेरणा दिएको र समाजलाई शान्त,सद्रभाव,प्रेम,दया,करुणा,भाइचारा अभिबृद्धि गर्न शाकाहार ब्यक्तिहरुको योगदान रहने बताउनु भएको छ । 

श्रीकृष्ण प्रणामी यूवा परिषदको आयोजना र विभिन्न धार्मिक तथा सामाजिक संघ संस्थाहरु सहित उपत्यकामा यस वर्ष पशुवली रहित दशै मनाऊ भन्दै आयोजना गरिएको बृहत मोटरसाइकल –यालीको समापन कार्यक्रमलाइ सम्बोधन गर्दै डा महतले यस्तो अभिव्यक्ति दिनु भएको हो । त्यस्तै सम्बोधनको क्रममा पर्वको नाममा जिव जन्तुको हत्या गर्नुको अलावा व्यक्तिले आफुमा रहेका काम,क्रोध,लोभ,अहंकार जस्ता अवगुणको वली दिनु उतम हुने डा. महतले जिकिर गर्नु भएको थियो ।

त्यस्तै कार्यक्रममा श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका अध्यक्ष श्याम केसीले हिन्दु धर्मका गिता, भागवत,रामायण जस्ता मुल ग्रन्थमा पशु वली गर्नु पर्छ भनि कतै उल्लेख नभए पनि यो वा त्यो नाममा मठ मन्दिरमा पशु हत्या हुनु न्यायेचित नभएको बताउनु भएको थियो ।

त्यस्तै परिषदका अध्यक्ष फुल कुमारले शाकाहारी वली प्रथा विरुद्धमा सबै अहिंसा प्रेमी सस्था संग मिलेर अहिंसा अभियान संचालन गर्ने बताउनु भएको उक्त कार्यक्रममा पुरातत्व विभागका माहानिर्देशक भेषराज दाहाल , शाकाहारी संघका अध्यक्ष हरि कुमार सिलवाल,तेरा पन्थ महिला संघकी अध्यक्ष मन्जु जैन, नेपाल अणुव्रतका अध्यक्ष ज्योती कुमार बेगानी लगायतका बक्ताहरुले अहिंसा र शाकाहारीका बारेमा बोल्नु भएको थियो ।  कार्यक्रममा भारत मुम्बैका महाजन समाजबाट श्रीकृष्ण प्रणामी यूवा परिषदलाई अहिंसा अभियानका लागी १० थान साउण्ड सिस्टम हस्तान्तरण गरिएको थियो ।
यसअघि परिषदको आयोजना र विभिन्न धार्मिक तथा सामाजिक संघ संस्थाहरु सहित उपत्यकामा यस वर्ष पशुवली रहित हिंसारहित दशै मनाऊ भन्दै आयोजना गरिएको बृहत मोटरसाइकल –यालीले उपत्यकाका तिनै जिल्लामा रहेको मठ मन्दिरको परिक्रममा गर्दै जैन मन्दिरमा पुगी समापन गरिएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।