बिहिबार, चैत्र १५, २०८०

संहिता संशोधनका लागि महासंघले दबाब अभियान सञ्चालन गर्ने

  काठमाडौं असोज १४, नेपाल पत्रकार महासंघका कार्यवहाक अध्यक्ष दिलिप थापामागरको अध्यक्षतामा आज बसेको पदाधिकारी बैठकले भाद्र १ गतेदेखि लागू भएको मुलुकी फौजदारी र मुलुकी देवानी संहिता संशोधनका लागि सञ्चालन गरेको दबाब अभियानलाई प्रभावकारी ढंगबाट अघि बढाउने निर्णय गरेको छ । त्यस्तै बैठकले संहितामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी प्रावधान सच्चाउन दबाब दिन महासंघले असोज १७ देखि २३ गतेसम्म विभिन्न सञ्चार प्रतिष्ठानहरुमा अन्तरक्रिया सञ्चालन गर्ने निर्णय गरेको आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । छ । 

त्यस्तै विज्ञप्तिमा राष्ट्रिय समाचार समिति लगायतका सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकारहरुलाई निष्कासन गर्ने क्रम बढेकोमा गम्भीर चिन्ता र चासो व्यक्त गर्दै यसरी निष्कासित पत्रकारहरुको पुनर्वहालीको माग गर्दै संघर्षको कार्यक्रम अघि बढाने निर्णय सहित नेपाली सञ्चार क्षेत्रको इतिहासलाई संरक्षण गर्न सञ्चार क्षेत्रसँग सम्बन्धित पुराना र ऐतिहासिक सामग्रीको संग्रह गरी महासंघ केन्द्रीय कार्यालय सञ्चारग्राममासञ्चार संग्रालय स्थापना गर्ने निर्णय गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।