बिहिबार, मंसिर ६, २०७५
ताजा फोटो फिचर

देवानी र फौजदारी संहिता सम्बन्धी प्रशिक्षण सहित तिजको शुभकामना आदान-प्रदान

काठमाडौं भाद्र २३ , तार्केश्वर कमलपोखरी महिला समूहद्दारा आज नेपाली हिन्दू महिलाहरुको महान चाड तिजको अवसर पारेर तिज विशेष कार्यक्रम एवम् मुलुकी देवानी र फौजदारी संहिता सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।
 
नागार्जुन नगरपालिका वडा न १०का अध्यक्ष सुन्दर वहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा गत भाद्र १ गतेबाट कार्यान्वयनमा आएको कार्यक्रममा मुलुकी देवानी र फौजदारी संहिता २०७५ ले महिला हक अधिकारको क्षेत्रमा गरेको कान्नी अवस्थाका सवालमा अधिवक्ता कमला गिररोका लगायतका प्रशिक्षकले प्रशिक्षण दिनु भएको थियो ।

समूहकी अध्यक्ष मेनुका थापाको सभापतित्वमा भएको प्रस्तुत कार्यक्रममा वडा न ९ का अध्यक्ष रामकृष्ण भटटराइलगायतले आसन्न तिजपर्वको शुभकामना सहित कार्यक्रमको सफलताको कामना गर्नुभएको थियो । कार्यक्रम समूहका पूर्व अध्यक्ष एवम् कामपा वडा न १०का निर्वाचित महिला सदस्य समेतको जिम्मेवारी रहेकी महिला नेतृ इन्दिरा खड्काले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै सहभागी महिला दिदिवहिनीहरुलाइ तिज पर्वको शुभकामना दिनु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू

November 2018
S M T W T F S
« Oct    
 123
45678910
11121314151617
18192021222324
252627282930