विर्तामोड भाद्र २३, झापा हल्दिवारी गाउँपालिका–४ का वडाध्यक्ष होम चुडालले राज्यले दिएको यातायात सुविधा फिर्ता गर्नुका साथै आफ्नो तलब सामाजिक कार्यमा लगानी गरेका छन् । पाँचवडा वडा रहेको हल्दिवारी गाउँपालिकामा जनप्रतिनिधिका रुपमा कांग्रेसबाट एकमात्र निर्वाचित वडा नम्बर–४ का वडाध्क्षय होम चुडालले राज्यले दिएको सुविधा फिर्ता सनिबार आयोजित एक कार्यक्रमका बीच फिर्ता गर्नुभएको हो ।
वडाध्यक्ष चुडालले वडामा आयोजित एक कार्यक्रमका बीच राज्यबाट प्राप्त टिभिएस कम्पनीको मे १ ब ५५६ नम्बरको अपाचे चावी हल्दिवारी गाउँपालिकालाई फिर्ता गरेका हुन् । १ नम्बर प्रदेशका सांसद ओम सरावगीको प्रमुख आतिथ्यतामा भएको सुविधा फिर्ता कार्यक्रममा गाउँपालिकाका तर्फबाट उपस्थित कर्मचारी प्रतिनिधि वडासचिव बिशाल काफ्लेलाई वडाध्यक्ष चुडालले मोटर साइकलको चावी बुझाउनु भएको थियो ।
एकवर्षमा प्राप्त लगभग दुईलाख २० हजार रकमबाट आफ्नो वडाभित्रका सामुदायिक विद्यालय दिपेन्द्र प्राविमा अध्ययनरत कक्षा १–५ सम्मका छात्र छात्राका २७५ जना विद्यार्थीका लागि स्कूल व्याग, महेन्द्र माविमा सञ्चालित मिदास इ–क्लास सफ्टवेयरसहित एकलाख २४ हजार तीनसय ७५ रुपैयाँ, स्थानीय किराँतेश्वर गुरुकुललाई ७० हजार, पाथीभरा पर्यटकीय विकास क्षेत्रको पितृ सुक्त कार्यक्रमका लागि १५ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।
सेवा सुविधा हस्तान्तरणपछि बोल्दै अध्यक्ष चुडालले आफूले पाउने तलब आफ्नो कार्यकालभरी विभिन्न सामाजिक क्षेत्रमा लगानी गर्ने संकल्पका साथ सेवा सुविधा फिर्ता गरेको उल्लेख गर्नुभयो । नेपाली कांग्रेस जलथल गाउँ समिति सभापति दिलीप मावोको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन रेवतीरमण नेपालले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन तुलसी ओलीले गर्नुभएको थियो ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- पिडान गण्डकी प्रदेशको बैठक : व्यवसायी सदस्यको हकहितको लागि नितिगत छलफल
- ज्योतिको थप ५ नयाँ शाखा विस्तार
- अध्यक्ष दास थाइल्यान्डमा
- महासङ्घको पोखरा साधारणसभाले नेपाली प्रेस जगतका लागि ऐतिहासिक निर्णय गर्ने
- ओली सरकारको गलत रवैयाका कारण मुलुकमा उद्योगधन्दा फस्टाउन नसकेको काङ्ग्रेस सभापति देउवाको आरोप
- नेता पराजुलीको निधनप्रति दुःख व्यक्त
- भ्रष्टाचार विरुद्ध सरकारले कडा कदम चाल्नेमा ढुक्क हुन सासंद बस्नेतको आग्रह
- प्रजातन्त्र दिवस
- मुस्लिम आयोगको अध्यक्षमा सिफारिस भएका अन्सारीको नाम संदेहको घेरामा
- काँग्रेसलाइ गतिशील एवम् सशक्त बनाउन केन्द्रीय सदस्य वडाबाटै निर्वाचित हुनुपर्छ : नेता केसी
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- वाम घोषणापत्र जारी गर्दै ओलीले भने -एमाले–माओवादी मिल्दा कांग्रेसले किन खुट्टा बजार्नुपर्यो ?
- आयोगद्दारा समानुपातिकतर्फ ६ हजार ९४ जना उम्मेदवारको नामावली सार्वजनिक
- एमालेको अतिवाद तथा नक्कली राष्ट्रवाद र माओवादी केन्द्रको अवसरवादी प्रवृत्तिको चित्रण सहित काँग्रेसको घोषणापत्र सार्वजनिक
- सांसद विकास कोषको नाममा सन्चालित सम्पूर्ण कार्यक्रमहरु रद्द
- सर्वोच्चको पछिल्लो आदेश: आसन्न निर्वाचनको मितिमाथि अनेकन चर्चा र बहस
- चिकित्सा शिक्षा अध्यादेश जारी
- उपत्यकामा १० वर्ष मेडिकल कलेज खोल्न नपाइने
- आइतबार पहिलो चरणमा ३२ जिल्लामा हुने निर्वाचनको लागि मनोनयन दर्ता
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान