बुधबार, बैशाख १२, २०८१

नेविसंघ ओखलढुङ्गा– काठमाडौं सम्पर्क समितिको अध्यक्षमा गौतम

   काठमाडौं साउन २०,  नेपाल विद्यार्थी संघ ओखलढुङ्गा– काठमाडौं सम्पर्क समितिको १० औं अधिबेशनले संघको अध्यक्षमा शम्भु गौतमलाइ  निर्वाचित गरेको छ ।

 शनिबार काठमाडौं धुम्बाराहिस्थित सूर्य क्याटरिङमा सम्पन्न भएको अधिवेशनबाट गौतम निर्विरोध निर्वाचित हुनु भएको हो । त्यसैगरी उपाध्यक्षमा पुस्कर थापा, सोम तामाङ, योगेश वाग्ले, प्रविण ढुंगेल, सरोज नेपाली निर्वाचित भएका छन् भने सचिवमा अर्जुन दाहाल, सह–सचिवमा रासिर श्रेष्ठ, रश्मि दाहाल, सन्तोष गौतम, अनिल केसी, श्रीकृष्ण सुवेदी र कोषाध्यक्षमा यमुना दाहाल निर्वाचित भएकी छिन् ।

त्यसैगरी सदस्यमा निर्वाचित हुनेहरुमा रामिल मगर, मनोज बुढाथोकी, खिलानाथ दाहाल रहेका छन् । निर्वाचित नयाँ कार्यसमितिलाई निवर्तमान कार्यसमितिका अध्यक्ष दिपेश राजभण्डारीले खादा तथा मालाले सम्मान गर्दै बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

Publish on: Aug 5, 2018

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।