काठमाडौं असार २६, रगतमा म्याग्नेसियम र चिनीको मात्रा घट्दै जाँदा अनशनरत डा. गोविन्द केसीको मुुटुको चालमा गडबडी देखिएको छ। यस्तो अवस्थामा जटिलता थपिंदै जाँदा हृदय गति बन्द हुन सक्ने खतरा चिकित्सकहरूले औंल्याएका छन्। डा। केसीको रगतमा चिनीको मात्रा कम हुँदै गएको र उनले ग्लुकोज लिन समेत नमानेकाले अहिले ग्लुकोज नभएका अन्य आइभी फ्लुड दिइएको उपचारमा संलग्न चिकित्सकत्रय प्रवीणकुमार गिरी, धिरज गुरुङ र सिद्धार्थ खातीले सोमबार जनाएका छन्। सेतो रक्तकोषको कमीले गर्दा अहिले संक्रमणबाट बचाउन उनलाई कर्णाली चिकित्सा विज्ञान प्रतिष्ठानको स्पेसल केयर युनिटमा राखिएको छ।
वीर अस्पतालका मुटु विभाग प्रमुख प्राध्यापक डा। प्रकाशराज रेग्मीका अनुसार डा। केसीको स्वास्थ्य अवस्था जटिल हुँदै जाँदा हृदयगति बन्द हुने पहिलो खतरा रहन्छ। उनले भने, ‘रगतमा क्याल्सियम, म्याग्नेसियम, पोटासियम यी सबै चिजको कमी हुँदै गएपछि पहिला ढुकढुकीमा गडबडी आउँछ। ढुकढुकीमा आउने गडबडीले हृदय गति अन्ततः बन्द गराउँछ। सबैभन्दा ठूलो खतरा कुनै पनि समय हृदय गति बन्द हुन सक्छ।’
रगतमा ग्लुकोज र अक्सिजनको कमी हुँदा मस्तिष्क घात हुने खतरा पनि उस्तै छ। ‘मस्तिष्क घातको असर मुटुमा पनि देखा पर्न सक्छ। आकस्मिक मृत्युको एउटा कारणमा मस्तिष्क घात पनि हो’, उनले भने। सेता रक्तकोषको कमी, पिसाबमा किटोन बढी हुँदै जाँदा निमोनियाको जोखिम हुन्छ। निमोनियाका कारण पनि मृत्युको खतरा रहन्छ’, डा। रेग्मीले भने। अहिले उनको छातीको बीच भागमा दुखाइ रहेको बताइएको छ।
उपचारमा डा.केसीको तर्फबाट सहयोग नभएका कारण उपचार गर्न कठिनाइ भएको एक चिकित्सकले बताएका छन्। डा। केसीलाई जुनसुकै बेला पनि आईसीयूको आवश्यकता पर्न सक्ने भएपनि प्रतिष्ठानमा सो उपलब्ध नहुँदा समस्या पर्ने देखिएको छ।
डा। केसीको स्वास्थ्य जाँच गरी फर्किएका नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष डा। ढुण्डिराज पौडेलले स्वास्थ्यमा जटिलता आउँदा उनको उपचारमा समस्या पर्ने बताए। उनले भने, ‘सरकार अभिभावक हो। उनको माग सम्बोधन गर्न र तत्कालै उद्धार गर्न आवश्यक छ।’
काठमाडौं लैजान सुझाव: डा. केसीलाई एअरलिफ्टबाट काठमाडौं लैजान चिकित्सकहरूले सुझाव दिएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा दश दिनदेखि अनशनरत डा। केसीलाई काठमाडौं लैजानुको विकल्प नभएको चिकित्सकहरूले बताएका हुन्। डा. केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन जटिल बन्दै गएपछि उनको उपचार जुम्लामा सम्भव नभएको भन्दै उनलाई जतिसक्दो छिटो काठमाडौंको सुविधासम्पन्न अस्पतालमा एअरलिफ्ट गर्न चिकित्सकहरूले सल्लाह दिएका हुन्। डा। केसीका लागि जुनसुकै समयमा पनि आईसीयू आवश्यक पर्ने उनीहरूको सुझाव छ।
डा। केसीको उपचारमा संलग्न प्रतिष्ठानका चिकित्सकहरूले सोमबार केसीको स्वास्थ्य अवस्था’दयगत पत्र जारी गर्दै संक्रमणबाट बचाउन विशेष कक्षमा राखेर उपचार भइरहेको उल्लेख गरेका छन्। उपचारमा डा. केसीले चिकित्सकहरूको सल्लाहभन्दा पनि आफैले निर्णय गर्ने गरेकाले कठिनाइ भएको चिकित्सक प्रवीणकुमार गिरीले बताए। ‘डा. केसी आफै यो औषधि लिन्छु, यो लिन्न भन्ने निर्णय गर्नुहुन्छ’ उनले भने, ‘यसले गर्दा एकातर्फ उहाँको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ, भने अर्कोतर्फ हामीलाई उपचार गर्न पनि कठिनाइ भएको छ।’ अन्नपूर्णपोष्टबाट
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
- राष्ट्रिय फोटो पत्रकारिता दिवस: बङ्गलादेशी टोलीसंग एनएफपिजे पराजित
- विभागले स्पटमानै औषधिको प्रभावकारिता परीक्षण गर्ने
- यसरी मनाइयो हाँडीगाउँमा गहना खोज्ने जात्रा
- नेपालको दुई दिने राजकीय भ्रमणपछि कतारका राजा थानी स्वदेश फिर्ता
- यस्तो छ मनमैजु अजिमाको जात्रा र यसको विशेषता
- नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान