शुक्रबार, बैशाख ७, २०८१

विश्वकप फुटबल : स्विडेन र इङ्गल्याण्ड अन्तिम ८ मा

 अन्तिम ८ मा को-को ?

उरुग्वे – फ्रान्स

ब्राजिल- बेल्जियम

इंग्लाण्ड-स्विडेन

रुस- क्रोएसिया 

काठमाडौ असार २०,   स्विट्जरल्याण्डलाई हराउँदै स्विडेन रुसमा जारी विश्वकप फुटबल अन्र्तगत मंगलवार भएको अन्तिम १६को खेलमा स्विडेन र इङ्गल्याण्ड अन्तिम ८ मा प्रवेश गरेको छ । अन्तिम १६को खेलमा स्विडेनले स्विट्जरल्याण्डलाई १-० गोअन्तरमा त्यस्तै इङ्गल्याण्डले टाई ब्रेकरमा कोलम्बियालाई ४-३ गोलअन्तरमा पराजित गरेको हो ।

 स्विडेनले स्विट्जरल्याण्डवीचको खेलको दोस्रो हाफको ६६ औं मिनेटमा स्विडेनले खेलाडि एमिल फोस्वर्गको प्रहार स्विट्जरल्याण्डका म्यानुएल अकान्जीको खुट्टामा ठोक्किएर गोलमा परिणत भएपछि स्विडेनले लिएको अग्रताविरुद्ध स्विट्जरल्याण्डको तर्फबाट कुनै गोल हुन नसकेपछि स्विडेन विजयी भएको हो । आगामी शनिवार अन्तिम ८ मा स्विडेनले इङ्गल्याण्डसँग खेल्नेछ ।

त्यस्तै गएराती भएको इङ्गल्याण्डर कोलम्बियावीचको खेलमा  खेलको निर्धारित ९० मिनेटमा दुबै टोलीबाट १-१ गोल मात्र भएपछि अतिरिक्त समयमा पुग्यो र यसवीचमा पनि कुनै गोलहुन नसकेपछि भएको टाई ब्रेकरमा कोलम्बियालाई ४९३ ले हराउँदै इङ्गल्याण्ड विजयी भएको हो ।

यसैवीच शुक्रवारबाट विश्वकप फुटबल प्रतियोगिताको अन्तिम ८ अर्थात क्वाटरफाईनल हुने भएको छ ।  क्वाटरफाईनल खेलतालिका अनुसार शुक्रवार नेपाली समयअनुसार बेलुकी पौने ८ वजे पहिलो खेल उरुग्वे र फ्रान्स दोस्रो खेल  ब्राजिल र बेल्जियमको खेल हुनेछ भने शनिवार वेलुकी पौने ८ वजे स्विडेन र इङ्गल्याण्ड र राती पौने १२ वजे रुस र क्रोएसियाकोवीचको खेल हुनेछ् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु