शुक्रबार, चैत्र १६, २०८०

विश्वकप फुबटलको अन्तिम १६ अन्र्तगत शनिवार पहिलो खेल फ्रान्स र अर्जेन्टिनावीच हुने

विश्वकप फुबटलको अन्तिम १६मा को-को ?

 युरोपबाट १० टोली र लेटिन अमेरिकाबाट ५ टोली र एशियाबाट १ टोली सहित  अन्तिम १६ क्रमस जापान, उरुग्वे, पोर्चुगल, स्पेन, रुस, क्रोएसिया, डेनमार्क, स्विडेन, स्विट्जरल्याण्ड,कोलम्बिया, इंग्ल्याण्ड,ब्राजिल, मेक्सिको, फ्रान्स अर्जेन्टिना,बेल्जियमले आफ्नो अधिकार सुरक्षित गरेका छन ।

 काठमाडौं असार १५ , रुसमा जारी विश्वकप फुबटलको अन्तिम १६ अर्थात प्रि– क्वार्टरफाईनल समीकरण पूरा भएको छ । विहिवार भएको लिग चरणको अन्तिम खेल सकिएसँगै नक आउट चरणमा पुग्ने सबै १६ टोलीको टुंगो लागेको हो । यसपटक नक आउट चरणमा एशियाबाट एक्लो टोली जापान सहित युरोपबाट १० टोली र लेटिन अमेरिकाबाट ५ टोलीले अन्तिम १६ मा पुगेको छ । अफ्रिकी मुलुकबाट भने कुनै पनि टोली नक आउट चरणमा प्रवेश गर्न सकेन ।  अव शनिवारबाट सुरु हने विश्वकप फुबटलको अन्तिम १६ अर्थात प्रि– क्वार्टरफाईनल राउण्डमा हरेक दिन दुई खेल हुनेछ । नेपाली  बेलुकी पौने ८ बजे पहिलो खेल हुनेछ भने राति पौने १२ बजे दोस्रो खेल हुने भएको छ ।   शनिवार पहिलो खेल फ्रान्स र अर्जेन्टिनावीच हुनेछ भने दोस्रो खेल उरुग्वेले पोर्चुगलवीच हने भएको छ ।

त्यस्तैगरि आईतबार स्पेन र रुस तथा क्रोएसिया र डेनमार्कको खेल हुनेछ । सोमबार ब्राजिल र मेक्सिको तथा जापान र बेल्जियम र मंगलबार स्विडेन र स्विट्जरल्याण्ड तथा कोलम्बिया र इंग्ल्याण्डवीचको खेल हुने भएको छ ।   यसैवीच विश्वकप फुबटल अन्र्तगत गएराति भएको खेलमा १ गोलको अन्तरमा इंग्ल्याण्डलाई हराउँदै बेल्जियम समूहको विजेता बनेको छ । त्यसोत समूहमा लगातार दुई खेल जित्दै दुवै टोली अन्तिम १६ मा पुगिसकेका थिए ।  इंग्ल्याण्डलाई पराजितगरेसंगै बेल्जियमले ९ अंक जोेको छ भने ट्युनिसिया र पानामालाई हराएको इंग्ल्याण्डले भने ६ अंकमात्रै जोड्न सफल भएको  थियो ।  

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।