बिहिबार, चैत्र १५, २०८०

बजेट सामाजिक रुपान्तरणको लागि महत्वपूर्ण पाटो भएको जिकिर

 सरकारले हनिमुन मनाएर कोठाबाट निस्कन नपाउँदै मूल्यबृद्धि गर्नु आम सर्वसाधारणको लागि चिन्ताको विषय : उपभोक्ताकर्मी महर्जन

 काठमाडौ जेठ २३,  सञ्चार केन्द्र नेपालद्वारा आज आयोजित ‘बजेटले सामाजिक जीवनमा पार्ने प्रभाव’ विषयक अन्तक्र्रिया कार्यक्रमलाइ सम्बोधन गर्दै पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले सरकारद्दारा प्रस्तुत बजेट निगित निरन्तरता भएको बताउँदै केहि असुन्टुष्टिका वाजुद पनि समग्रमा बजेट सामाजिक रुपान्तरणको लागि महत्पूर्ण पाटो रहेको बताउँनु भएको छ। त्यस्तै उहाँले बजेटमा समावेश गरेका मदन भण्डारी राजमार्ग, पश्चिमसेती जलविद्युत आयोजना, काभ्रेमा अन्तर्राष्ट्रिय विमानस्थल, कृषि उत्पादन दोब्बर र ५ लाख युवालाई रोजगारी उपलब्ध गराउने योजना आफैम महत्वपूर्ण भएको बताए ।

 त्यस्तै सत्तारुढदलका सासंद तथा पूर्वमन्त्री महेश बस्नेतले प्रस्तुत बजेट र यसको मार्मिकता आफैमा उद्दार रहेको जनाउ दिदै वजेटमा जल उर्जा, कृषि, सिंचाइ, खानेपानी, नदी नियन्त्रण, वन, पर्यटनलगायतका क्षेत्रमा प्रशस्त सम्भावना रहेको बताउँदै वजेट यर्थाथको धरातलमा रहेको बताउँनु भएको छ ।

कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले प्रस्तुत बजेटको प्रस्तुतिसंगै पछिल्लो समय देशभर इन्धनलगायत खाद्यान्नको चरम मूल्यबृद्धि भएकोमा तिव्र विमति राख्दै सरकारले हनिमुन मनाएर कोठाबाट निस्कन नपाउँदै मूल्यबृद्धि गर्नु आम सर्वसाधारणको लागि चिन्ताको विषय भएको बताउनुभएको छ । साथै उहाँले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटिरहँदा नेपाली बजारमा तेलको मूल्य बृद्धि हुनु सरकारको गम्भीर लापरवाही भएको बताए । त्यस्तै उहाँले नेशनल टेडिङ्ग लगायतका संस्थानहरु धराशयी भइरहेको अवस्थामा पछिल्लो समय साल्ट टेडिङ्ग कर्पोरेशनलाई पनि धराशयी बनाउने खेल भइरहेको भन्दै यसतर्फ बेलैमा सचेत हुन आवश्यक रहेकोमा जोड दिनु भएको छ ।
कार्यक्रम संस्थाका अध्यक्ष गोविन्द चौलागाईंको सभापतित्वमा सम्पन्न भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।