शुक्रबार, चैत्र १६, २०८०

गोंगबु क्षेत्रमा प्रहरीको सर्च अपरेशन, यौन व्यवसायमा संलग्न ३४ पक्राउ

 एकथान पेस्तोल सहित पुकार पक्राउ

 काठमाडौ वैशाख ९,  शनिबार राति गोंगबु क्षेत्रको दीपज्योति र मित्रनगर आसपासमा गरेको सर्च अपरेशनको क्रममा महानगरीय प्रहरी प्रभाग गोंगबुले यौन व्यवसायमा संलग्न ३४ जनालाई पक्राउ गरेको छ ।  प्रभागले सर्चको क्रममा खाजा घर सञ्चालनको नाममा यौन व्यवसाय सञ्चालन गर्ने, लागुऔषध बिक्री वितरण गर्ने तथा जुवा खेल्ने ३४ जनालाई पक्राउ गरिएको जनाएको छ ।

प्रभागका अनुसार पक्राउ परेकाहरु माथि अनुसन्धान भइरहेको र जसमध्ये १२ जनालाई मुद्दा चलाउने तयारी भइरहेको जानकारी दिनुभयो ।  यसैवीच महानगरीय प्रहरी वृत्त दरबारमार्गले ७.९९ को एक थान पेस्तोल र त्यसमा प्रयोग हुने पाँच राउण्ड गोलीसहित मकवानपुर घर भएका पुकार शिकारीलाई शनिवारपक्राउ गरेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।