शनिबार, बैशाख ८, २०८१

सार्वभौम  मुलकको प्रमको पहिलो विदेश भ्रमण त्वम शरणम: को मानसिकता र आश्चार्य लाग्दो परम्परा

  -ललितध्जव खड्का-

काठमाडौं चैत २२,  २०४६ सालको जनआन्दोलनपछि मुलुकले एकदर्जन भन्दा बढी प्रधानमन्त्री पायो। प्रजातन्त्र पुर्नस्थापनको २८ वर्षमा यति धेरै प्रधानमन्त्री पाउँन सफल मुलुक नेपाल सम्भवतः विश्वमानचित्रमा अग्रस्थानमानै पर्छ। यसवीचमा यो वा त्यो कोणबाट जसले पनि मुलुकको समृद्धिको रटान लगाएपनि खासै उपलब्धिमुलक हुन सकेनन । त्यहि कारण प्रधानमन्त्रीको कार्यशैली चित्त बुझ्दो नभएरनै होला पूर्वराजा ज्ञानेन्द्रले पनि  ४ वर्ष जति प्रधानमन्त्रीकै हैसियतमा रहेर शासनसत्ता हाफ्नो हातमा लिए तथापी यसवीचमा पनि मुलक जहाँको त्यहिँ रहे ।

नेपाल त्यस्तो मुलक हो जहाँ जनता भन्दा भिजन विहिन नेता र कार्यकर्ता बढि छन । जसको कारण मुलुकले जहिलेपनि परनिर्भरतामा आस्रितहुन बाध्य भएका छौ हामी । अझ खुलेर भननेहो भने दक्षिण तर्फ परनिर्भर भएर बाच्ने त्यो वेला देखि लागेको बानीका कारण जो जो मुलकको प्रधानमन्त्री भए सबै तुम शरणमको मानसिकताबाट ग्रसित । यदि यस्तो नहुँदो हो त सार्वभौम मुलुकको प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भने भारतबाटै आखिर किन ? हुन त पहिलो निम्तो पनि भारतले नै गर्छ । यो आफैमा आश्चार्य लाग्दो परम्परा बनेको छ । यसवीचमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल भारत गएनन । जान्थे होला तर निम्तो नै आएन । यसै कारण उनको कार्यकाल लम्विन सकेनन । प्रष्ट छ नेपालमा प्रधानमन्त्री हुन दक्षिणकै आशिर्वाद चाहिन्छ ।

प्रसँग प्रधानमन्त्री के।पी शर्मा ओलीको औपचारिक भारत भ्रमण राष्ट्र र राष्ट्रवादको चर्को नारा लगाएर एकाएक लोकप्रियताको शिखरमा पुगेका वहालवाला प्रम ओलीले तत्कालीन भारतको नाकाबन्दीको क्रममा भारतको कटु आलोचकका प्रारुपमा उभिएपनि अन्तत आसन्न भारत भ्रमणको पूर्व सन्ध्यामा नेपाल चीन सम्बन्ध नामक पुस्तक विमोचन कार्यक्रममा घुमाउरो पारामा भारत बिना नेपाल चल्न नसक्ने अभिव्यक्ति समेत दिन पछि परेनन । साथै भौगोलिक रुपमा नै नेपाल दुई ठूला देशको बीचमा भएकोले छिमेकी नीति मित्रतापूर्ण हुनुपर्ने र मित्रतालाई अत्यन्तै महत्व दिनु पर्ने बताए।
ओलीको बोलीको भर हुन्न भन्थे बोली फेरेर र सपना बाडेर कती दिन टिकिरहने हुन त्यो समय चक्रले देखाउला । तर सत्तामा नहुदा भारत विरोधी हुने र सत्तामा पुगे पछि जयजयकार गर्ने नक्कली राष्ट्रवादको आडम्वर आफैमा घातक रहने यर्थात मात्र यहाँ चित्रण गर्ने प्रयासमा गरेको निवेदन गर्दछु ।

दिल्ली दरवारमा पुगेर प्रधानमन्त्रीले अनेकौ सन्धिसम्झौता गरे त्यसैका कारण पार्टी समेत फुटेको घटना छन । २०४७ मा कृष्णप्रसाद भट्टराई दिल्ली पुगेका थिए ।उनले भारतसँग आन्तरिक मामिलामा हस्तक्षेपकारी  भूमिकाको अन्त्य गर्दै     देशभक्त प्रधानमन्त्रीको छविमात्र बनाएन १३ महिने नाकाबन्दीको क्रमभंग समेत गरे । साथै अवरुद्ध व्यापार र पारवहन सन्धिलाई समेत सहज बनाए । त्यस्तै गिरिजा प्रसाद कोइरालाले २०४८ सालमा प्रधानमन्त्रीको हैसियतमा भारत भ्रमण गर्दैगर्दा भारतसग टनकपुर सम्झौता गरे तर पछि प्रमुख प्रतिपक्ष एमालेको चर्को विरोधका कारण टनकपुर परियोजना तुहियो।  त्यस्तै  अरुण तेश्रो परियोजनाका लागि  विश्व बैंकसंग सम्झौत गरे । अरुण तेश्रो परियोजनाको सवालमा   अहिलेका वहालवाला प्रधानमन्त्री  समेत रहेका  एमाले अध्यक्ष  केपी ओली सहितका नेताहरुले विश्व बैकलाई पत्र लेखेर रोक्न लगाए । यसको दूरगामी असर भोग्न बाध्य छन कार्यकर्ता सहितको नेपाली जनता ।

अचम्म लाग्ग्दो कुरा के छ भने अहिले तिनै ओली दुई तिहाइ बहुमत सहित शक्तिमान प्रधानमन्त्री भएका छन र भारत गएर समकक्षी महामहिम संग दिल्लीमा अरुण तेश्रोको संयुक्त्त उदघाटन गर्दैछन । एउटा भनाई छ बादरले आफ्नो घर बनाउँदैन र अरुको पनि बनाउन दिदैन । विगतमा रहेको तिक्ततापूर्ण सम्बन्धको पृष्ठभूमिमा आसन्न उहाँको भ्रमण सम्बन्ध सुधारमा केन्द्रित हुने झिनो बिस्वास गर्न सकिन्छ । वाक पटुटामा निपुण प्रधानमन्त्री ओलीले जनतालाई सपना धेरै देखाएका छन । ओलीको बोली शिशाको गोली भएर काम गरेको खण्डमा आशाबादी नेपाली जनताको मुहारमा खुशीको रेखा झल्केला वा नयाँ सम्झौता सहित विगतको परम्पराले निरन्तरता पाउँला त्यो भने हेर्ननै बाँकी छ ।