शनिबार, बैशाख ८, २०८१

सकियो सेतो मत्स्येन्द्रनाथको जात्रा – फोटो फिचर …

काठमाडौं चैत १६ , सहकालका देवताका रूपमा मानिने मत्स्येन्द्रनाथ हिन्दू धर्मवलम्बीमध्ये शैव धर्मावलम्बीका नाथ सम्प्रदायका भगवान् हुन् भने बौद्ध धर्मावलम्बीमाझ श्री करुणामय वंगद्यः पद्मपाणि आर्यावलोकितेश्वर, लोकनाथ आदि नामले पुकारिने काठमाडौको सेतो मत्सेन्द्रनाथको जात्रा समापन भएको छ ।

गत आइतवार केलटोलबाट सेतो मच्छिन्द्रनाथलाई विधिपूर्वक पूजाआजा गरी खटमा राखेर विभिन्न बाजागाजाका साथ तीनधारा पाठशालामा पुयाइएसंगै सुरु भएको सेतो मच्छिन्द्रनाथको जात्रा अन्र्तगत पहिलो दिन आइतवार साँझ असनमा पहिलो विश्राम गराइएको थियो भने त्यसको भोलीपल्ट साँझ असनबाट रथायात्रा सहित जनबहाल, इन्द्रचोक, मखन हुँदै हनुमानढोका पु-याइएको थियो । त्यस्तै मंगलवार साँझ हनुमानढोकाबाट लगन पु-याइए तीन पल्ट मच्छिन्द्रनाथको आमाको परिक्रमा  र पूजा अर्चना पछि केलटोलस्थित मच्छिन्द्रनाथको मन्दिरमा त्रित्राइसंगै प्रस्तुत जात्रा समापन भएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।