शुक्रबार, बैशाख १४, २०८१

कर्मचारी समयअनुसार चल्नु पर्नेम प्रधानमन्त्री ओलीको जोड

काठमाडौ चैत ३, प्रधानमन्त्री केपी ओलीले वर्तमान सरकार अनुभवी कर्मचारीलाई घर पठाएर नयाँ कर्मचारी नियुक्त गर्ने पक्षमा नभएको जनाउ दिदै निजामती कर्मचारी सरकारले खटाएको स्थानमा जान आनाकानी गर्न नहुने बताउँनु भएको छ ।

नेपाल निजामती कर्मचारी संगठनको बधाई कार्यक्रम अन्र्तगत प्रमको सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै उहाँले अघिल्लो सरकारले विशेष सुविधासहितको अवकाश योजना ल्याएर घर पठाउने निर्णय गर्नु आफैमा दुराशयपूर्ण रहेको भन्दै वर्तमन सरकार कर्मचारीको पेशागत मर्यादा र सुरक्षामा सरकार गम्भीर रहेको बताउनुभएको छ ।
त्यस्तै कर्मचारी भनेको स्थायी सरकार भएको भन्दै कर्मचारी पनि समयअनुसार चल्नु पर्नेम जोड दिदै आवश्यकता अनुरुप कर्मचारीलाई देशभित्र जता पनि खटाउन सकिने बताए । त्यस अवसरमा प्रम ओलीलाइ नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष केदार देवकोटाको नेतृत्वको टोलीले निजामती क्षेत्र सुधारका लागि ११ बुँदे सुझाव पत्र दिएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।