बिहिबार, बैशाख १३, २०८१

कांग्रेसको संसदीय दलको नेतामा शेरबहादुर निर्वाचित, उपनेतामा गच्छदार चयन

काठमाडौं फागुन २१, कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । निर्वाचन पछि सार्वजनिक मतपरिणाम अनुसार देउवाले ४४ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी प्रकाशमान सिंहले १९ मत प्राप्त गरेका छन् ।

दलको नेता चयन हुनका लागि ३२ मतको आवश्यकता थियो । जसमा देउवाले ४४ मत पाए । काँग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३ जना सांसद छन।

यसैवीच संसदीय दलको निर्वाचनमा निर्वार्चित भएपछि दलको उपनेतामा निर्वार्चित सभापति देउवाले विजय गच्छदारलाइ चयन गर्नु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।