शुक्रबार, चैत्र १६, २०८०

बुधवार एमाले-माओवादी एकता टुङ्ग्याउन आज संयोजन समितिको बैठक बस्दै

काठमाडौं फागुन २, एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकतालाई अन्तिम रुप दिन आज बुधबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएको छ । ललितपुरमा मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको ‘वान टु वान’ छलफलमा भोलि (बुधबार०)पार्टी एकता टुंग्याउने सहमति भएको हो ।  पार्टी एकतालाई सार्थक निष्कर्षमा पुर्याउने र सरकार गठन अगावै एकीकृत पार्टीको खाका तयार पार्ने लक्ष्यका साथ दुई पार्टीका अध्यक्षद्वयले निरन्तर संवाद गर्दै आएका छन् । ‘पार्टी एकतालाई सरकार गठन अगावै टुंगो लगाउने लक्ष्यका साथ आजको बैठक अत्यन्तै सकारात्मक दिशामा सकिएको छ’, अध्यक्षद्वयबीच भएको छलफललाई उद्धृत गर्दै अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले भने, ‘बुधबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने सहमति भएको छ ।’

सोमबार अध्यक्ष ओली र अध्यक्ष दाहालबीच पार्टी एकता मिलाउन दुवै अध्यक्ष नै पार्टीमा रहने गरी मध्यमार्गी प्रस्तावमा सहमति भएको थियो ।  मंगलबारको बैठकमा त्यसको खाका, सांगठनिक तथा राजनीतिक वैचारिक विषयमा समेत मतैक्यता कायम गरिएको जनाइएको छ । तर कसरी मतैक्य भयो भन्नेबारे भने सार्वजनिक रुपमा केही बताइएको छैन ।

संयोजन समितति आज:  ‘पार्टी एकता टुंग्याउन आज संयोजन समिति बस्दैछ । गत असोज १७ गते पार्टी एकतासहित वामगठबन्धन गरेका दुई दल एमाले र माओवादीबीच पछिल्लो दिनमा एकताको पक्षमा ठोस प्रगति नभएपछि विभिन्न कोणबाट आशंका बढेको थियो । त्यस यता पनि नेताहरुले वार्ता सहमति नजिक पुगेको बताउँदै आएका थिए । सोमबार र आजको छलफलपछि एकताले मूर्त रुप लिएको हो ।

मिल्ने भए माओवाद र जनवाद:  आगामी महाधिवेशनसम्म एमालेले मान्दै आएको जनताको बहुदलीय जनवाद र माओवादी केन्द्रले अंगीकार गरेको माओवाद र जनताको बहुदलीय जनवादमा रहेका समान धारणालाई एकीकृत गर्ने विषयमा समेत नेताहरुबीच सहमति भएको हो ।

पोलिटब्युरो र स्थायी समितिका लागि कार्यदल: पार्टीका शीर्षनेताको विषयमा सहमति भइसकेको छ। जस अनुसार पार्टीमा दुवै नेताले नेतृत्व गर्नेछन् । स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय समितिमा रहने नेताबारे पार्टी एकता संयोजन समितिले कार्यदल बनाएर हल गर्ने गरी दुई नेताले सहमति गरेका छन् । तर यी विषयमा शीर्ष नेताले सार्वजनिक रुपमा केही बताएका छैनन् ।  एकता संयोजन समितिमा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष दाहाल, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्य छन् । अन्नपूर��णपोष्टबाट

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।