शुक्रबार, चैत्र १६, २०८०

पत्रकारलाई सहज समाचार संकलन गर्ने व्यबस्था मिलाउँ : प्रमुख सूचनाआयुक्त

भक्तपुर, मंसिर १७, सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले २१ गते सम्पन्न हुने प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनदेखि मतगणना नसकिएसम्म पत्रकारलाई सहज रुपमा समाचार संकलन गर्ने व्यबस्था गरिदिन निर्वाचन आयोगलाई आग्रह गर्नु भएको छ ।   नेपाल पत्रकार महासंघ भक्तपुरले आयोजना गरेको प्रेस स्वतन्त्रता र मताधिकार विषयक अन्तरक्रिया बोल्दै प्रमसख आयुक्त वास्कोटाले यस्तो आग्रह गर्नु भएको हो ।    त्यस्तै उहाँले पत्रकारलाई आमनागरिकले छिटो र सत्य सूचना प्रवाह गर्ने माध्यमका रुपमा लिने भएकाले निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालयले आम पत्रकारलाई सही र छिटो सूचना लिने पाउने व्यबस्था गरिनुपर्नेमा जोड दिनु भएको थियो ।

कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले २१ गतेको निर्वाचन र त्यसपछिको मतगणनाको क्रममा पत्रकारलाई सहज रुपमा सूचना संकलन गर्न सूचना अधिकृतको व्यबस्था गरिने बताउनुभयो । कार्यक्रममा पूर्वसभामुख एवं नेपाली काँग्रेसबाट क्षेत्र नं. २ का प्रतिनिधीसभा उम्मेदवार दमननाथ ढुङ्गानाले प्रेस स्वतन्त्रता बलियो भए देशमा प्रजातन्त्र बलियो हुने चर्चा गर्दै संसदमा गएर राजनीतिक फोहोर सफा गर्ने कुचिकारको रुपमा आफू आएको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा पूर्वमन्त्री एवं एमालेबाट क्षेत्र नं. २ का प्रतिनिधीसभा सदस्य उम्मेदवार महेश बस्नेत जनमोर्चा नेपालबाट क्षेत्र नं. २ का प्रतिनिधीसभा उम्मेदवार शिवहरि खनाल, संघीय समाजवादी फोरम नेपालबाट क्षेत्र नं. २ का प्रतिनिधीसभा उम्मेदवार कृष्णबहादुर घजु लगायतले समेत आफ्नो अभिमत प्रकट गर्नु भएको उक्त कार्यक्रममा पत्रकार महासंघका पूर्व अध्यक्ष महेन्द्र विष्ट र निर्वाचन अधिकृत उत्तम सिलवाल ले निर्वाचनको समयमा आम संचार माध्यम र संचारकर्मीले पूर्ण रुपमा निर्वाचन आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिनुभयो । पत्रकार महासंघका उपाध्यक्ष दीलिप थापामगरले निर्वाचनमा संचारकर्मीलाई छिटो र सहज सूचना पाउने व्यबस्था गरिदिए गलत सूचना प्रवाह नहुने बताउनुभयो ।

त्यस्तैगरि नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिब रेम बिश्वकर्मा,नेपाल बार एसोसियसन भक्तपुरका सचिब किरण न्यौपाने ,पत्रकार महासंघ भक्तपुरका सचिब कृष्ण नेपाल लगायत सहभागि पत्रकारले सवारी पास र मतगणनाको समयमा संचारकर्मीका लागि छुट्टै मिडिया डेक्सको व्यबस्था गर्न माग गरेका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।