बुधबार, बैशाख १२, २०८१

खड्काको शव हत्या गरेको अवस्थामा ट्याक्सीभित्र

भक्तपुर कार्तिक २२,  मध्यपुर थिमि–२, सानोथिमिस्थित मनोहरा फाँट नजिकै ट्याक्सीको पछाडि सिटमा एक व्यक्तिको हत्या गरेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्तका अनुसार दिव्यश्वरी जग्गा एकीकरण आयोजना क्षेत्रभित्र बा१ज १०४० नंको ट्याक्सीभित्र सर्लाही घुर्कौली घर भई हाल ललितपुरको कुसुन्ती बस्ने ४९ वर्षीय यज्ञबहादुर खड्काको शव हत्या गरेको अवस्थामा फेला परेको जनाएको  छ ।

प्राप्त समाचारमा महानगरीय प्रहरी परिसर भक्तपुर र अपराध महाशाखाको टोलीले समेत अनुसन्धान थालेको उल्लेख गरिएको छ ।