शिब र पार्वती कैलासमा प्रेममालाप गरेर बसिरहेका थिए। पार्बतिको नजर एकाएक पृथ्वी लोकमा पर्यो। एउटा साहु भरियालाई भारी बोकाएर सहरबाट गाउ जादै थियो। भरियाको दुख देखेर पार्वतीले शिब लाई जिज्ञास राखिन। स्वामी त्यो भरियालाई किन गरिब बनाउनु भाको, हजुरले कृपा बक्स्सनु पर्यो। मुसुक्क हास्दै शिबजी आज्ञा गर्नु हुन्छ , प्रीय मेरो लागि यो जगतमा सबै बराबर छन्। सबैले आ-आफ्नो कर्मको फल पाउछन। तिमीलाई मैले त्यो भरियालाई कृपा नगरेको ठान्यौ होला … ल हेर।
भरिया टाउकोमा नाम्लो लाएर शिर भुई तिर झुकाएर हिडिरहेको थियो। साहु ठाडो शिर पारेर पछि हिड्दै थियो। साँघु तर्ने बेलामा भरियाको अघिल्तिर शिवजीले सुनको डल्लो राखिदिए। सुनको छेवैमा पुगे पछि भरियाको मनमा के लाग्यो! आ…. कत्ति घोप्टो परेर हिड्नु , यो जाबो साँघु त नहेरेरै तर्छु। भरियाले शिर ठाडो पार्यो , आँखा बन्द गर्यो र सुनको डल्लो नाघेर साँघु तर्यो। पछि -पछि आउदै गरेको साहुको नजर साँघु तिरै थियो। आँखा ठयाक्कै सुनको डल्लोमा पर्यो र सुन भेट्यो। देख्यौ त प्रिय ! मैले त दिएकै हो तर उसको भागमै छैन।
– ललित खड्का –