शुक्रबार, चैत्र १६, २०८०

१० बुँदे गोदावरी घोषणापत्र जारी गदैं उपत्यकाको एकीकृत विकासको अवधारणा विषयक कार्यशाला सम्पन्न

काठमाडौ पौष २६ , काठमाडौं महानगरपालिकाकाको संयोजनमा एवम् उपत्यकाका तीनवटै जिल्ला विकास समितिको समन्वयमा ललितपुरको गोदावरीमा शुक्रवारबाट सुरु भएको दुइ दिने उपत्यकाको एकीकृत विकासको विषय कार्यशाला १० बुँदे गोदावरी घोषणापत्र जारी Scan 1गर्दै शनिवार सम्पन्न भएको छ। कार्यशाला समापनको अवसरमा शनिवार आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै काँंग्रेसका महामन्त्री प्रकाशमान सिंहले स्थानीयस्तरको विकास नगरी एकीकृत विकासले गति लिन नसक्ने बताउँनु भएको छ । साथै उहाँले विकासका समन्यको आवश्यकता रहेको पक्षमा जोड दिन भएको प्राप्त समाचमारमा उल्लेख गरिएको छ ।

त्यस्तै कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव डा सोमलाल सुवेदीले स्थानीयस्तरको निर्वाचनविना एकीकृत विकासका पहल गर्दा उल्लेल्य सफलता पाउँन गारो रहेको पक्षमा आफ्नो अभिमत प्रकट गर्नु भएको थियो । त्यस्तै गरि महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले Scan 2एकीकृत विकासका लागि जारी १० बुँदे घोषणापत्रको मर्मलाइ कार्यान्वयनमा ल्याउँन मुलत सार्वजनिक, निजी, साझेदारी अवधारणा अनुरुप काठमाडौँ उपत्यका मेट्रो क्षेत्रको अवधारणा कार्यान्वयन गरी एकीकृत विकासको आवश्यकता पूरा गर्न यथाशक्य छिटो महानगरपालिका ऐन जारी गर्न पहल गरिने बताउँदै जारी घोषषा पत्र अनुरुप समान प्रकृतिका कतिपय कार्यमा उपत्यकाभित्रका स्थानीय सरकारले तत्काल सहकार्यमा कार्यारम्भ गर्ने बताउँनु भएको थियो ।