शनिबार, बैशाख ८, २०८१

पर्यटक प्रवेश टिकटमा कुनै अनियमितता भएको छैन:कार्यक्रम प्रमुख बज्राचार्य

बसन्तपुर दरवार संरक्षण कार्यक्रम  : हनुमानढोका बसन्तपुर दरवार संरक्षण कार्यक्रममा इलेक्ट्रोवाइट टेक्नोलोजीको ई–टिकेटिङ्ग सिस्टम डिभाइसले काम नगर्दा अनेकन लफडा

काठमाडौँ मार्ग ८ , काठमाडौं महानगर पालिका अन्र्तगत सञ्चालित हनुमानढोका बसन्तपुर दरवार संरक्षण कार्यक्रमले गत बैशाख १२को महाभूकम्पका कारण दरबार क्षेत्रमा क्षतिग्रस्त भएका ऐतिहासिक महत्वका प्राचीन तथा मूर्त अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण तथा पुनःनिर्माणका लागि कोष स्थापनार्थ  भन्दै 20150701_anup_4दरबार क्षेत्रमा घुम्न आउने तेस्रो मुलुकका पर्यटकहरुसंग यसअघि प्रति व्यक्ति रु ७५० लिइदै आएको शुल्कमा वृद्धि गरि रु १ हजार कायम गर्दै प्रत्येक टिकटबाट प्राप्त हुने रु २५० लाई कोषमा सङ्कलन गर्ने कार्यै योजना कार्यान्वयन गरेसंगै संरक्षण कार्यक्रमको प्रस्तुत अभियानबाट अत्तालिएको केहि झुण्ड समूहरुले संरक्षण कार्यक्रमका कार्यक्रम प्रमुखले संस्थागत रुपमा पर्यटक प्रवेश टिकटमा अनियमितता गरेको जस्ता अर्नगल प्रचार गरि कार्यक्रमको गरिमामा मात्र नभएर महाभूकम्पका कारण क्षतिग्रस्त यहाँ रहेका ऐतिहासिक महत्वका प्राचीन सम्पदाको पुनःनिर्माणको अभियानमा समेत भाँजो हाल्ने असफल प्रयास गरेको जनाएको छ ।

1
(रु १ हजार रुपैया अंकित प्रवेश टिकट)
4
(टिप्पणी आदेश)
2
(मुद्रण विभागको पत्र)

हामीलाइ प्राप्त जानकारी अनुसार काठमाडौं महानगरपालिको २६ औ नगर परिषदको बैठकबाट विधि संगतरुपमा सांस्कृतिक सम्पदाको संरक्षण तथा पुनःनिर्माणका लागि भन्दै तेस्रो मुलुकका पर्यटकहरुसंग यसअघि प्रति व्यक्ति रु ७५० लिइदै आएको शुल्कमा वृद्धि गरि रु १ हजार कायम गर्दै सोहि अनुरुपको प्रवेशको टिकटको व्यवस्था गर्दै गत कात्तिक १गतेबाट कार्यान्वयन गर्ने सवालमा नितिगत निर्णय गर्दै कार्यक्रमलाइ कार्यादेश दिईएको थियो । तर यसवीचमा कार्यक्रमसंग यसअघिको प्रति व्यक्ति रु 3 no७५० रुपैया अंकित टिकटको मौज्दात प्रर्याप्त रहेका कारण त्यसैमा वृद्धि गरिएको रु २ सय पचास रुपैयाको आधिकारिक छापको व्यवस्था गर्दै बाँकी टिकटनै प्रयोग गर्ने लक्ष्य अनुरुपको व्यवस्था कार्यान्वयन गर्दा पुनःनिर्माणको अभियानलाइ प्रभावित पार्ने लक्ष्य सहित यस किसिमको अर्थात अनियमिताको केहि छापा माध्यममार्फत प्रचारवाजी भएको र त्यस्तो कुनै अनिमियता नभएको कार्यक्रम प्रमुख नरेन्द्र बज्राचार्यले जानकारी दिनु भएको छ ।

त्यस्तै कार्यक्रम प्रमुख बज्राचार्यले हामीसंगको भेटमा भने २६ औ नगर परिषदको बैठकबाट कात्तिक १ गतेबाट शुल्क वृद्धि सहितको पर्यटक टिकट लागु गर्ने गराउँने सवालमा गत आषाढमा भएको निर्णय अनुरुप मौज्दात रहेको टिकटको प्रयोग गर्ने योजना अनुरुपको आदेश माग गर्दै कामपामा टिप्पणी सदरका लागि पठाउँदा कामपाले टिप्पणी सदर नगरी नयाँ टिकटनै प्रचलनमा ल्याउँन भनेको स्वीकार्दै उहाँले अगाडि भने यसवीचमा महाभूकम्पले क्षतिग्रस्त भग्नावशेषको सफाइमा इन्द्रजात्रा र त्यस लगत्तै बडादशैका कारण एकातर्फ नयाँ टिकट छपाइको लागि मुद्रण विभागलाइ अनुरोध गर्दा समयाभाव भएको अर्को तर्फ वृद्धि भएको शुल्क अनुरुपको टिकटको व्यवस्थापन गर्न केहि अलमल भएका कारण मुद्रण विभागबाट नयाँ टिकट छपाइ गर्न नसकेकोले निजि क्षेत्रका छापाखानमा कामपा केन्द्र र मुद्रण विभाग संग भएको छलफल पछि तत्काललाइ १० हजार थान रु १ हजार शुुल्क अंकित प्रवेस टिकट छापिएको जानकारी दिनु भएको छ । साथै यसवीचमा प्रचारमा आएजस्तो कुनै त्यस्तो आर्थिक अनियमितता नभएको प्रष्ट पार्दै प्रमुख बज्राचार्यले भने यसरी छापिएको टिकटकमा पनि १ हजार चार प्रति टिकटमा सिरिएल नम्बर विग्रेका कारण विग्रेका टिकट सामूदायिक प्रहरी ,विभाग र स्टोरका उपस्थितीमा शिलबन्दी गरि राखिएको जानकारी दिनु भएको छ ।

यद्यपी यस वीचमा हामीले कार्यक्रम प्रमुख नरेन्द्र बज्राचार्यलाइ कामपा कार्यकारी अधिकृत रुदसिहं तामाङको बरद वाहुलीबाट हनुमान ढोका दरवार संरक्षण कार्यक्रम अन्र्तगत हनुमानढोका दरवार क्षेत्र अवलोकनार्थ आउने पर्यटक ई–टिकेटिङ्ग सिस्टम सुरु गरिएको अवस्थामा  पनि किन? प्रिण्टवाला टिकट त भन्ने प्रश्न गर्दा उहाँले भने ई–टिकेटिङ्ग सिस्टमका लागि प्रयोग भएको डिभाइसबाट वास्तविक काम नभएका कारण ई–टिकेट र प्रिण्ट टिकट दुवै दिने गरेको बताए । त्यस्तै यस्तो यर्थात विवरण नदिने डिभाइसको प्रयोग र डिभाइस उपलब्ध गराउँने कम्पनीको बारे जिज्ञासा राख्दा कामपालाइ उक्त डिभाइस इलेक्ट्रोवाइट टेक्नोलोजी नामक कम्पनीले उपलब्ध गराएको उक्त डिभाइसले काम नगरेका कारण आज सम्म सोका भूक्तानी नभएको जानकारी दिए । ◊ श्रीजन झा 

विग्रेको भनिएको प्रवेश टिकट  

14 list

 

 

यो पनि हेर्नुस