शुक्रबार, चैत्र १६, २०८०

८ हजार २०३ जना नयाँ संक्रमितको पहिचान ,१९६ को मृत्यु

काठमाडौं जेठ ४,

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २० हजार २८६ जनाको पिसिआर र ६९३ जनाको एन्टीजेन परीक्षणमा ८ हजार २०३ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयले कुल सङ्क्रमितमध्ये ३ लाख ५२ हजार ४१४ सङ्क्रमणमुक्त भएको जानकारी दिनुको अलावा आज पुष्टिभएका संक्रमित मध्ये काठमाडौका २ हजार ४९ यस्तै ललितपुरमा ३६५ र भक्तपुरमा २२१ जना संक्रमित रहेको जानकारीदिएका छन ।

साथै काठमाडौंमा सक्रिय सङ्क्रमित २७ हजार ३३९, ललितपुरमा छ हजार ९९० र भक्तपुरमा ४ हजार ९१६ छन् । ती मध्ये १ हजार ५९० जनाको आइसियू र ३९० का भेन्टिलेरटमा उपचार भइरहेका जानकारी मन्त्रालयले दिएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप १९६ जना संक्रमितको मृत्यु भएको र योसंगै नेपालमा मृत्यु हुने संक्रमितको सख्या पुगेको मन्त्रालयले जनाएको छ ।