काठमाडौं जेठ ४,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न भागबाट कोभिड –१९ सङ्क्रमितका नमूना परीक्षण गर्दा नेपालमा कोभिड–१९ सङ्क्रमणको नयाँ परिवर्तित रुप पत्ता लागेको जनाएकोछ ।
मन्त्रालयका सहप्रवक्ता डासमिरकुमार अधिकारीका अनुसार नयाँ भेरियन्टसंँगै नेपालमा ३ किसिमका भेरियन्ट फेला परेको र यसमध्ये सङ्क्रमित ३५ जनाको नमूनाको विश्व स्वास्थ्य सङ्गठनका सहयोगमा भारतमा अणुवांशिक [ जिन स्क्विन्सिङ] जाँच गर्दा ९७ प्रतिशतमा नयाँ भेरियन्ट र ३ प्रतिशतमा भने दोस्रो लहरको संक्रमण देखिएको जनाएको छ ।
साथै नयाँ भेरियन्ट सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको बताउदै भारतमा देखिएको भेरियन्ट नै अहिले यहाँ देखिएको नयाँ भेरियन्ट भएको र जोखिमपूर्ण रहेको जनाएको छ ।