बिहिबार, बैशाख १३, २०८१

८ हजार ८५० जना कोभिड संक्रमितको पहिचान, ५२ को निधन

काठमाडौं बैशाख २६,
नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ८५० जना कोभिड सङ्क्रमित थपिएका छन् । १८ हजार ७८७ जनाको पीसीआर र एन्टिजेन परीक्षणको क्रममा उल्लेखित सख्यामा संक्रमितको पहिचान भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको छ ।

त्यस्तै मन्त्रालयले आज पहिचान भएका संक्रमित संगै नेपालमा कुल सङ्क्रमितको संख्या ३लाख ९४ हजार ६६७ पुगेको जनाउँनुको अलावा पछिल्लो २४ घण्टामा ५२ जना संक्रमितको निधन भएको र योसंगै नेपालमा ३ हजार ६८४ जना संक्रमितको निधन भएको जानकारी दिएको छ।