बिहिबार, बैशाख १३, २०८१

मुलुकका ७७ मध्ये ६७ जिल्लामा निषेधाज्ञा आदेश जारी

काठमाडौं बैशाख २६,
पछिल्लो समय फैलिएको कोभिड कहरको दोस्रो लहरको का कारण मुलुकका ७७ जिल्ला मध्ये ६७ जिल्लामा कहि पूर्ण त कहि  आशिक  निषेधाज्ञा जारी भएका छन । जारी निषेधाज्ञाका कारण अधिकांश भाग ठप्प भएका मात्र छैनन यसवीचमा पनि सङ्क्रमण न्यूनीकरण हुनुको साटो दिनानुदिन बढ्दै जानुले थप समस्या सिर्जना गरेको छ ।

सरकारले सङ्क्रमणको संजाल तोड्नै लागि भन्दै निषेधाज्ञा जारी गरेपनि बढ्दो कोभिड संक्रमणको रफ्तारका कारण जनमानसमा थप आतंक छाएकोछ ।  गृहमन्त्रालय सम्वद्ध स्रोतका अनुसार मुलुकका ६७ जिल्लामा निषेधाज्ञा जारी भएपनि त्यसमध्ये ९ जिल्लामा आंशिक निषेधाज्ञा आदेश जारी भएको बाँकी खुला रहेका जिल्ला प्राय सवै हिमाली भेग रहेको जानकारी दिएको छ।

ज्ञात रहोस मुलुकमा पछिल्ला केही दिनयता दैनिक ९ हजारको हाराहारीमा सङ्क्रमित पुष्टि हुनुको अलावा दैनिक ५० भन्दा माथि मानिसको संक्रमणका कारण मृत्यु हुँदै आएको अवस्था छ ।