शुक्रबार, बैशाख ७, २०८१

प्रम ओलीको पेलान नितिकै कारण सत्तारुढ दल एमाले फुट्को संघारमा

काठमाडौं बैशाख २६,
प्रधानमन्त्री केपी ओलीले एक पछि अर्को गर्दै पेलानको निती अख्तियार गरेसंगै नेकपा एमाले फुट्ने प्राय निश्चित भएको छ । पछिल्लो समय प्रम ओलीको कोपभाजनको शिकार बदै आएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका सांसदहरुले सामूहिक राजीनामा दिने तयारी गरेपछि सत्तारुढ दल एमाले फुट्को संघारमा पुगेको हो ।

प्रधानमन्त्री ओलीले सोमवार संसदबैठकमा आफ्नो पक्षमा विश्वास जुटाउने तयारी थाल्दै विभिन चरणमा वार्ता गदैगर्दा नेपाल खनाल समूहका ३१ सांसदले सामूहिक राजीनामा बुझाउने तयारी गरेपछि प्रम ओली थप धरापमा परको हो ।स्मरण रहोस, नेपाल र खनाल पक्षका सांसदहरुमा २१ जना प्रत्यक्षतर्फ निर्वाचित र १० जना समानुपातिकतर्फबाट निर्वाचित भएका छन ।

त्यसोत यसअघि पटकपटक नेपाल खनाल समूहले माओवादी केन्द्रसँग एकता गरेर नयाँ कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा दर्ता गरेर जाने तयारी समेत गरेको चर्चा समेत चलेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु