शुक्रबार, चैत्र १६, २०८०

दोलखा भीमेश्वर मन्दिरको शिलामा पसिना ठूलै अनिष्टको संकेत, महाप्रसाद आइतवार राष्ट्रप्रमुख समक्ष पठाइने

काठमाडौ बैशाख २५,
शनिबार दिउँसो सवा मध्यान्न १२: १५ बजेदेखि १:३० बजेसम्म पटकपटक गरि झण्डै सवा घण्टा मन्दिरको शिलामा निरन्तर पसिना आएको भीमेश्वर मन्दिर तथा पूजा व्यवस्थापन समितिले जनाएको छ। दोलखा भीमेश्वरलाई पसिना आएलगत्तै मन्दिरका पूजारी तथा गुठियारबाट प्रचलिन परम्परा अनुरुप पूजा अर्चना गरिएकोछ ।

त्यसपछि स्थानी जिल्ला प्रशासन कार्यालयमा सूचना गरेसंगै आवश्यक छलफल पछि महाप्रसाद राष्ट्रप्रमुख समक्ष पठाउने तय भएको जिल्ला प्रशासन कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख गर्दै त्यसपछि त्यसपछि मन्दिरमा क्षमा पूजा गरिने उल्ल्ेख गरिएको छ ।

स्मरण रहोस दोलखा भीमेश्वरलाई पसिना आएसंगै देशमा संकट वा अशुभ हुने धार्मिक मान्यता रहँदै आएको छ । यसअघि पछिल्लो पटक २०७७ मंसिर ९ गते भीमेश्वरको शिलामा पसिना आएको थियो । त्यसअघि २०७६ फागुन ८ गते पसिना आउँदा देशमा कोभिड महामारी सुरु भएको स्थानीयले बताए  ।

त्यस्तै यसपटक शिलाको दायाँ–बायाँ दुवै भागबाट पसिना आएको बताईएकोछ । मन्दिरका पूजारीका अनुसार शिलाको दायाँ पट्टीबाट पसिना आउँदा राजकाजमा बसेका र बायाँ पट्टीबाट पसिना आउँदा जनतालाई अनिष्ठ हुने धार्मिक मान्यता रहेको बताए ।