बिहिबार, बैशाख १३, २०८१

स्वास्थ्य मापदण्ड अपनाएर अत्यावश्यक सवारी साधन चलाउन आग्रह

काठमाडौ बैशाख २२,
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले स्वास्थ्य मापदण्ड अपनाएर अत्यावश्यक सवारी साधन चलाउन आग्रह गरेको छ । महासङ्घका महासचिव पुण्यप्रसाद सिटौलाले जरी विज्ञप्तिमार्फत नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोभिड संक्रमणको रफ्तार निकै बढेका कारण निशेषधाज्ञाको समयमा स्वास्थ्य मापदण्ड अपनाएर अत्यावश्यक सवारी साधन चलाउन आग्रह गर्नुभएको हो ।

त्यस्तै विज्ञप्तिमा पछिल्लो समय सङ्क्रमणका चपेटामा उल्लेख्य सख्यामा यातायात व्यवसायी, मजदुर तथा यात्रु सङ्क्रमित हुनुका साथै थुप्रै व्यवसायी, मजदुर तथा यात्रुले अकालमै ज्यान गुमाउनु परेको तितो यर्थातताका वीच अवस्थामा स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गर्न सम्वद्ध सवैलाइ आग्रह गर्दछु भनिएको छ।