बिहिबार, बैशाख ६, २०८१

प्रहरीको तपाईंको मास्क खोई अभियान, १४ हजार ७ सय ३९ जनालाई मास्क वितरण

काठमाडौ बैशाख १९,
नयाँ भेरियन्ट सहितको कोभिड९१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा कोभिड९१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीले तपाईंको मास्क खोई कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा १४ हजार ७ सय ३९जनालाई निस्शुल्क मास्क वितरण गरिएको  छ ।
नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारा सहित ‘तपाईंको मास्क खै रु’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गर्दै आइरहेको छ।

त्यस्तै अभियानको क्रममा पछिल्लो २४ घण्टामा मास्क नलगाई हिँडडुल गर्ने ३ हजार ७ सय ४६ जनालाई होल्डिङ जोनमा राखी सम्झाई बुझाई छाडिएको र तोकिएको मापदण्ड उल्लंघन गर्ने ५ सय १५ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको जनाएको छ ।