शुक्रबार, चैत्र १६, २०८०

काठमाडौं उपत्यकामा ४ हजार १९८ संक्रमितको पहिचान

काठमाडौं बैशाख २६,
नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ८५० जना कोभिड सङ्क्रमित थपिएका छन् । १८ हजार ७८७ जनाको पीसीआर र एन्टिजेन परीक्षणको क्रममा उल्लेखित सख्यामा संक्रमितको पहिचान भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको छ ।

त्यस्तै मन्त्रालयले आज पहिचान भएक संक्रमित मध्ये काठमाडौं उपत्यकाका ४ हजार १९८ जना रहेको र यसमध्ये काठमाडौंमा ३ हजार १६१ जना, भक्तपुरमा ५०४ र ललितपुरमा ५३३ जना संक्रमित रहेको जनाएको छ।