काठमाडौ बैशाख १६,
तार्केश्वर नगरपालीकाका्े वडा न २/३ को सिमानामा पर्ने शिवपुरी राष्ट्रिय निकुन्ज अन्तर्गतको तार्केश्वर महादेव मन्दिरमा रहेको जंगलमा विगत २ दिन देखी लागेको आगो आज अपरान्ह परेको पानी संगै नियन्त्रण्मा आएको छ ।
आगलागि नियन्त्रणमा लिन नेपालीसेना,धर्मस्थली,जरंकु,काभ्रेस्थली,जितपुरफेदीका स्थानीय र बालाजु र धर्मस्थली प्रहरी वृत अहोरात्र लागि परेको प्राप्त् जानकारीमा उल्लेख गरिएको छ।