शुक्रबार, बैशाख १४, २०८१

साहित्यकार  उपाध्यायको Please Don’t divorce कृति लोकार्पित

काठमाडौ बैशाख १०,

साहित्यकार रामकुमार उपाध्यायको Please Don’t Divorce  नामक  अनुसन्धानमूलक कृतिको शुक्रबार    एक कार्यक्रमका बीच लोकार्पण गरिएको छ ।  कृतिको  लोकार्पित  गर्दै कार्यक्रमका प्रमुख अतिथि प्रा. डा गोविन्दराज भट्टराईले साहित्यिक गुणले भन्दा पनि जागरणमूलक गुणले युक्त भएकै कारण त्यसैले सबैले राम्ररी पढ्नै पर्ने कृति मात्र नभइ विश्वविद्यालयको पाठ्यक्रममै सन्दर्भ सामग्रीका रुपमा समावेश गर्नुपर्नेमा जोड दिनुभयो ।

साथै प्रमुख अतिथि भट्टराईले कार्यक्रममा महिला सहभागी कम भएको डिभोर्सका लागि महिलाभन्दा अझ पुरुष बढी जिम्मेवारी भएको हुँदा यस्ता कार्यक्रममा महिलालाई बढी समेट्न र महिलालाई अझ सम्मान गर्न सुझाव समेत दिनुभयो ।

कार्यक्रमका विशष्ट अतिथि प्राज्ञ डा. तुलसी भट्टराईले अहिले डिभोर्स गर्नुहुँदैन भन्दा ‘‘जीवन स्वतन्त्र छ, स्वतन्त्र रुपमा बाँच्न पाउनुपर्छ । मन नमिली नमिली किन सँगै बस्ने भन्ने जमात बढेको छ ।’’ त्यस्तो पुस्तालाई सचेत गराउन कृति गतिलो खुराक हुने बताउनुभयो । समाज अलि विकृत हुँदै गएकोमा चिन्ता गर्दै डा. तुलसी भट्टराईले सभ्य र सुसँस्कृत समाज निर्माण गर्न कृतिले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो र सर्जकलाई शुभकामना दिँदै आगामी दिनमा पनि यस्तै समाजका लागि उपयोगी कृति ल्याउन सुझाव दिनुभयो ।

कृतिका बारेमा त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक ललित विष्ट, डा. मुकेशकुमार शाहले पनि टिप्पणी गर्नुभएको थियो । लेखक रामकुमार उपाध्यायले कृति ल्याउन आफूलाई करिब २३ वर्ष लागेको बताउनुभयो । उहाँले नेपाल, भारत र मलेसियाका मानिसहरुका बीचमा समेत अनुसन्धान गरी कृति ल्याएको र कृति ल्याउने क्रममा धेरै डिभोर्स गरेका अनि डिभोर्स गर्न लागेका जोडीहरुको सम्बन्ध बाँधिदिएको समेत जानकारी दिनुभयो ।

साझा प्रकाशनका महा–प्रबन्धक एवम् कार्यक्रमका सभापति होमप्रसाद गौतमले समाजोपयोगी किताब आएकाले यस किताबलाई पाठकका हातहातमा पु¥याउन आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता अभिव्यक्त गर्नुभयो ।