बुधबार, बैशाख १२, २०८१

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं बैशाख ६,
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध आज अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेकपा माओवादी केन्द्र नेपाली कांग्रेस र जनता समाजवादी पाटीर्का ४१ प्रदेशसभा सदस्यले मुख्यमन्त्रीविरुद्ध आज संसद् सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएको प्राप्त समाचारमा उल्लेख गरिएको छ।
नेपालको संविधानको धारा १८८ को उपधारा (४) र लुम्बिनी प्रदेशको प्रदेशसभा नियमावली २०७४ को नियम १४४ को उपनियम (१) बमोजिम मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका हो ।

लुम्बिनी प्रदेशमा नेकपा विभाजन पछि गणितीय संरचना अनुसार नेकपा एमालेका ४१, कांग्रेसका १९, माओवादी केन्द्रका १७, जसपाका छ र राष्ट्रिय जनमोर्चाका १ जना सासंद रहेका छन ।